मूल प्रवाहद्धारा दाहासंस्कार

रबि पौडेल,
पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिको रोहबरमा दाहसंस्कार गरिएको छ । बाग्लुङ जिल्ला जैमिनि नगरपालिका ९ घिउरबाट बसाइँसराइ गरि भरतपुर नगरपालिका १८ मिलनचोक ससिनगरमा बसोबास गर्दै आउनु भएका सुमा कुमारी जिसी विमारी परेका कारण पाण्डेचरीमा उपचार गराइरहनु भएको थियो ।

५५ वर्षीय जिसी लामो समय पाण्डेचरी स्थित हरिउर सुगर मिलमा काम गरि स्वदेश फर्कनु भएको थियो । विमारी परेका कारण पुनः पाण्डेचरीमा आई पाण्डेचरी कालापेटस्थित पिम्स मेडिकल कलेजमा उपचार चलिरहेको थियो । उपचार कै क्रममा २८ मार्च २०२३ का राति करिब १०ः०० वजे दुःखद निधन भएको थियो ।

मृतकको पार्थिक शरिरमा मूल प्रवाह क्षेत्रीय सदस्य तथा पाण्डेचरी नगर अध्यक्ष डिल्ली प्रसाद शर्मा नगर सचिव गोबिन्द शर्मा, सदस्य भद्र बहादुर जिसि, रबि पौडेल, राजेन्द्र जिसी, खड्क बहादुर कुँवर साथै महिला नेतृ भगवती कुँवर, बिष्णु शर्मा, जमुना शर्मा, नगर समितिका बिनोद गायक, गमबहादुर बिक सहित दर्जनौ कार्यकर्ताहरु र प्रवासी संघ भारतका पुर्व महासचिव टीका पौडेल र सदस्य सितल परियार आफन्तजन र स्थानिय बासिहरुले माल्याअर्पण गरे पशचात मृतकको संझनामा दुई मिनेट मौनधारण गरिएको थियो । मौनधारणको कार्यक्रम मूल प्रवाह नगर सचिव गोबिन्द शर्माले सञ्चालन गर्नु भएको थियो ।

दासंस्कार कार्यक्रममा स्थानिय तामिल भाषिहरुको पनि उल्लेख्य उपस्थित रहेको थियो । उहाँ फोक्सो सम्बन्धि बिमारबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँका एक छोरा कृष्ण जिसी र एक छोरी आशा जिसि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार