धर्मराज शर्मा,
कोट्टयाम केरला, १५ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत पर्ने कटपन्ना एरिया समितिले १५औं एरिया सम्मेलन सफल पारेको छ ।
राम बहादुर केसीको अध्यक्षता र धन प्रसाद पौडेलको सञ्चालनबाट अगाडि बडेको उद्घाटन कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्माको प्रमुख अतित्थ्यता रहेको थियो ।
शर्माले क्यान्डिल प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भयको थियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भन्नू भयो । प्रवासी नेपालीहरुको अबिभाबकिय एक मात्र संगठन मूल प्रवाहको रक्तरञ्जित झण्डामुनि गोल बन्द नभएसम्म श्रमजिवि बर्गहरुको उद्वार र उत्थान असम्भब छ ।
त्यसैले प्रवासी नेपालीहरु मूल प्रवाहमा आबद्व भएर देश र प्रवासका न्यायपुणर् आन्दोलनहरुमा सरिक भएर अगाडि बड्नुपर्ने सबै नेपालीहरुको महत्वपुणर् आबस्यक्ता भएको बताउनु भयो । संगठन बिस्तरमा सकृयतापुर्वक लाग्नु पर्नेमा शर्माले जोड दिनु भयो ।
दोश्रो चरणको घोषणा सभा कलाधर शर्माको अध्यक्षता र धन प्रसाद पौडेलको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले राम बहादुर केसीको अध्यक्षतामा १५ सदस्यीय एरिया समिति चयन गरएको छ । जसमाः उपाध्यक्ष- दुर्गा शर्मा, सचिव- ऋिषी सापकोटा, सहसचिव- हरि पाण्डे, कोषाध्यक्ष- नेत्र पौडेल, सदस्यहरुमाः कलाधर शर्मा, राजु आचार्य, मिना सापकोटा, धन प्रसाद पौडेल, बिरेन्द्र पौडेल, रमेश चापागाई, हरि पौडेल, प्रेम गौतम, कल्पना शर्मा र मुकुन्द पौडेल रहनु भएको छ ।
जगन्नाथ पौडेल, हेमन्त केसी, दिलनाथ शर्मा, सरस्वति केसी, सारदा शर्मा, राधा केसी, कल्पना शर्मा, हरि पौडेल, राजेश पराजुली, नेत्र पौडेल, लेखनाथ पौडेल, अर्जुन शर्मा, झर्ना शर्मा, शिव शर्मा, नवीन केसी, कृष्ण रेग्मी, कलाधर शर्मा, राजु आचार्य र मिना सापकोटाले कार्यक्रम सफलताको शुःभकामना दिनुभएको थियो ।
कार्यक्रममा कोट्टयाम महिला नगर बिभागका दुर्गा शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, नगर सदस्य राम बहादुर केसीको अतित्थ्यता रहेको थियो ।
ज्ञातअज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पछि उपस्थित जनसमुदायलाई हरि पाण्डेले स्वागत गर्नु भएको थियो ।