श्रीप्रेम्बदुर स्थित मूल प्रवाहको नगर समिति गठन

लोकेन्द्र पौडेल

दक्षिण भारत, १६ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत श्रीप्रेम्बदुर स्थित नेपाली मजदुरहरु बीच भेला सम्पन्न भएको छ । भेलाद्धारा समाजको श्रीप्रेम्बदुर नगर समिति गठन गरिएको छ ।

चित्र बहादुर जि.सी.को अध्यक्षतामा अघिबढेको उक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल र दक्षिण भारत क्षेत्रीय सदस्य लक्षुमन चालीसेको अतिथि आशन पछि १ मिनेट ज्ञात अज्ञात शहिदप्रति मौनधारण गरिएको थियो ।

उपस्थित जनमासलाई जीवन थापाले शब्दद्वारा स्वागत गर्नुभएको थियो भने अतिथिको आशनबाट बोल्दै लक्षुमन चालीसेले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । भेलामा उपस्थित मासमा व्यापक छलफल पश्चात चित्र बहादुर जिसीको अध्यक्षतामा ११ पुर्ण ३ बैकल्पिक र ३ सल्लाहकार गरि १७ सदस्यीय श्रीप्रेम्बदुर नगर समिति निर्माण गरिएको छ । जसमाः उपाध्यक्ष- खगेन्द्र वि.क., सचिव – जीवन थापा, सह-सचिव- सुमन परियार, कोषाध्यक्ष- चन्द्र बहादुर अकेली, सदस्यहरुमा : कमल थापा, करन वि.क., विमल वि.क., सुरेश सुनार, कमल वि.क., अर्जुन वि.क., बैकल्पिक सदस्यमाः- रमेश सुनार, दिनेश सुनार र अमर वि.क. रहनुभएको छ । त्यस्तै टिकाराम धामी, सोनु परियार र अशोक वि.क. रहनु भएको छ ।

सम्पुर्ण समितिको तर्फबाट अध्यक्षद्वारा सपथ ग्रहण गर्नुभएको थियो भने नयाँ निर्वाचित कार्यकारिणीलाई प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेलले सफल कार्यकालको शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन चन्द्र बहादुर अकेलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार