निलगिरी, १६ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत उटि एरिया समितिको दोस्रो भेला सम्पन्न भएको छ ।
लोकेन्द्र विकको सञ्चालन र बल बहादुर नेपालीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय समितिबाट बिरे थापा, मिना हमाल, टेकबहादुर विक, नगरबाट मधु खनाल, लक्ष्मी विक, सिता नेपाली, भिम परियार, महिला बिभागबाट रुपा थापा, जनजातिबाट लाल बहादुर थापा, सांस्कृतिक विभागबाट बल बहादुर विक, बिद्यार्थी विभागबाट कस्तुरी थापाले अतिथि आसन ग्रहण पछि शहिदहरुको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई भिम बहादुर परियार र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
भेलाको विधिवत उद्घाटन क्षेत्रीय सदस्य बिरे थापाले गर्नु भएको थियो । उद्घाटन मन्तव्यमा थापाले भारत प्रवासमा नेपाली श्रमजिवीहरुको अवस्था र संगठनको आवश्यकता बारेमा प्रकाश पार्नुभएको थियो ।
भेलाले ९ पुणर् ३ बैकलपिक ३ सल्लाहकार गरि १५ सदस्यीय समिति चयन गरेको छ । जस्माः अध्यक्ष- भिम बहादुर परियार, उपाध्यक्ष- लक्ष्मी परियार, सचिव- लोकेन्द्र विक, उपसचिव- कुमार परियार, कोषाध्यक्ष- बल बहादुर नेपाली, सदस्य गोपि परियार, करसिङ परियार, बिजय परियार, राम बहादुर परियार बैकल्पिक सदस्यमा ः सुरेश परियार, के सरसति परियार र पार्वती परियार रहनुभएको छ । त्यस्तै पवित्रा परियार, धनबीर परियार र जुनामाया परियारलाई सल्लाहकार चयन गरिएको छ ।
नवनिर्वाचितहरुलाई बसन्त परियार र बिधार्थी क्षेत्रबाट कस्तुरी थापाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।