फरीदाबाद । प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं । भारतस्थित नेपालीहरूको हक-हित र सामाजिक सुरक्षाको लागि संगठित बनौं । भन्ने मूल नाराका साथ दशौं मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर क्षेत्रीय समिति दशौं सम्मेलन अप्रेल २२-२३ का दिन फरीदावादमा भव्य रूपमा सम्पन्न भएको छ ।
सम्मेलनले शालिकराम आचार्य (भिवानी)को अध्यक्षतामा दुई रिक्त सहित ५१ सदस्यीय पश्चिमोत्तर क्षेत्रीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्षमा- ओम थापा (जयपुर दक्षिण), सचिव- शिव केसी (नई दिल्ली), सहसचिव- बेल बहादुर रजाली (जयपुर दक्षिण) र कोषाध्यक्ष- रामप्रसाद घिमिरे (भिवाडी) रहनुभएको छ । पूणर्सदस्यमाः विक्रमसिंह राणा (करनाल), तिलक पाण्डे (ओखला), काजीराम श्रेष्ठ (भिवाडी), राम बहादुर थापा (भिवाडी), रामप्रकाश शर्मा (जयपुर उत्तर), टंक बहादुर थापा (जयपुर उत्तर), मंगल सिंह खड्का (जयपुर उत्तर), नारायण ज्ञवाली (जयपुर उत्तर), रिम राना (जयपुर दक्षिण), झमन सिंह थापा (नारनौल), मिठु केसी (आगरा), पिनु थापा (नोएडा), चक्र सिंह केसी (पूर्वी दिल्ली), डोलराज शर्मा (पुरानो दिल्ली), सुरज गतराज (गुरूग्राम), गोपाल भटराई (गुरूग्राम), उमानन्द बन्जाडे (सोनिपत), रेशम बिक (रोहतक), गोवर्धन विक (भिवानी), लक्ष्मी खडायत (नई दिल्ली), पहल सिंह परियार (नई दिल्ली), विष्णु विसी (फरीदावाद), सूर्य क्षेत्री (फरीदावाद), समुन्द्र गौतम (गुरूग्राम) एंव दुई स्थान रिक्त राखिएको छ ।
त्यसै गरि वैकल्पिक सदस्यमाः दिनेश पन्थी (नई दिल्ली), कृष्ण बैजाली (सोनिपत), रोम पुन (निमराना), कृष्ण कुँवर (नोएडा), राम बहादुर केसी (आगरा), बाबुराम भुसाल (फरीदावाद), याम बहादुर नेपाली (जोधपुर), मेघराज केसी (हापुड), नारायण शर्मा (मेरठ) र नारायण पौडेल (जयपुर उत्तर) रहनुभएको छ ।
सम्मेलनले तिलक खनाल (नई दिल्ली), प्रेम अधिकारी (रेवाडी), खगेश्वर शर्मा (जोधपुर), प्रताप पाण्डे (आगरा), देवराज पुन (निमराना), रामु धमला (दिल्ली), मान सिंह जीसी (करनाल), सुभाष गौतम (रोहतक), डिल बहादुर भट्टराई (भिवानी) र जीवन शर्मा (मेरठ) लाई सल्लाहकारमा यचन गरेको छ ।
सम्मेलनको घोषणा सभामा २१ सदस्यीय पश्चिमोत्तर क्षेत्रीय महिला विभागको पनि घोषणा भएको छ । जसको संयोजकमाः लक्ष्मी खडायत (नई दिल्ली) रहनुभएको छ भने सदस्यहरुमाः सुमित्रा थापा (गुरुग्राम), सीता केसी (नई दिल्ली), माया बिक (गुरुग्राम), माया बिसी (फरीदावाद), गीता बस्नेत (पलवल), कल्पना थापा (जयपुर दक्षिण), हुमा रजाली (जयपुर दक्षिण), माया थापा (जयपुर दक्षिण), कल्पना केसी (भिवाडी), फूलमाया जिसी (करनाल), हस्तु देवी (भिवानी), उर्मिला कोपिला (भिवानी), शिवा विष्ट (फरीदावाद), रेश्मा पुन (कार्यालय), विष्नी रायमाझी (नई दिल्ली), नन्दा शर्मा (दिल्ली), शकुन्तला थापा (फरीदावाद), सानु बस्नेत (जोधपुर), मीना खनाल (नई दिल्ली) र देवी शाह (आगरा) हुनुहुन्छ । नवनिर्वाचित समितिको घोषणा केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नु भएको थियो ।
घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि राजमोका महासचिव मनोज भट्टले नेपालमा साम्राज्यवादी चलखेल बढदै गई रहेको र राष्ट्रियता अझै गम्भिर रूपमा खतरा देखापरेको छ बताउनु भएको थियो । ‘अमेरिकी साम्राज्यवाद पहिले अप्रत्यक्ष रूपमा हस्तक्षेप गरि रहेको थियो, अहिले प्रत्यक्ष रूपले नै नेपाली राष्ट्रियता माथी धावा बोलीरहेको छ । त्यसको अलगै पार्टी समेत खडा गरेर गतिविधी बढाई रहेको छ ।’ भट्टले भन्नु भयो- ‘भारतस्थित नेपालीहरूले हर हमेशा राष्ट्रियता जनतन्त्रको र जनजिवीकोको लागि प्रवासको भुमिबाट भए पनि आन्दोलन चलाईरहेका छन ।’ अहिले देशमा साम्राज्यवादीको बढदो चलखेल रहेको यसप्रकारको परिस्थितिमा भारतस्थित नेपालीहरूले राष्ट्रियताको पक्षमा अझ गम्भिर बन्नु पर्ने धारणा राख्नु भएको थियो ।
‘वर्षौंसम्म शोषण-दमन गरि नेपाली जनतामाथी शासन लादेकाहरू पुनः सकृय भएर नेपाली जनताको बलिदानीपूणर् संघर्षबाट स्थापित गणतन्त्र संविधान धर्मनिरपेक्षतालाई खोस्न लागि परेकाछन् ।’ भट्टले देशको राजनीतिबारे धारणा राख्दै भन्नु भयो- ‘यो अवस्थामा राष्ट्रियता, गणतन्त्रको रक्षा गर्दै नेपाली जनताको मुक्तीको मार्गलाई अगाडी बढाउनु पर्दछ । कैयौं आफुलाई क्रान्तिकारी भनाउँदाहरू नेपाली जनताको बलिदान पूणर्संघर्षबाट स्थापित हकअधिकारलाई सुरक्षित गर्ने सवाललाई उपेक्षा गरि रणनैतिक नारालाई उछाली रहेका ।’ तात्कालिन राजनैतिक समस्यालाईबाट आफुलाई गर्नु नेपाली क्रान्तिकारी आन्दोलनको लागि प्रतिउत्पादक भइरहेको र त्यसले प्रतिगामी शक्तीलाई बल प्रदान गरेको भट्टको भनाई थियो । ‘रणनीति र कार्यनीति अलग अलग सवाल हो । सही कार्यनीति विना रणनैतिक लक्ष्मा पुग्न सकिदैन ।’ नेता भट्टले भन्नु भयो- ‘त्यसैले तात्कालिन अवस्थामा राष्ट्रियता गणतन्त्रको रक्षाको विषय प्रमुख भएको हुँदा जुन राजनैतिक शक्तीहरू जुन विषयमा सहमत हुन्छन् उनीहरूसँग मिलेर संघर्षलाई अगाडी बढाउनु पर्ने आवश्यकता छ ।’
कार्यक्रममा विशिष्ठ अतिथी मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनालले भारतमा नेपालीहरूको अवस्था झन जटिल बन्दै गईरहेको बताउनु भयो । १९५० को सन्धी असमान मात्र हैन, त्यसका अहिलेको समय सापेक्ष पनि छैन र संधी असान्दभिक भएको छ । संधीमा उल्लेख भएको दुवै देशका नागरिकहरूलाई समान हकअधिकार, सुबिधा र व्यवहारको कुरा ठिक उल्टो भइरहेको बताउनु भयो । ॅआफ्नो पहिचान प्रमाणित गर्न प्रयोगमा ल्याईएको आधारकार्डलाई सरकारले विभिन्न सुबिधाको लागि अनिवार्य बनाएको हुँदा रोजगार, बैंक, स्वास्थ्य, शिक्षा, सञ्चार सुबिधा प्रयोग गर्न समेत वञ्चित हुने हुँदा नेपालीहरूलाई जिवीकोपार्जनको लागि समेत कठिनाई भईरहेको छ ।’ खनाले भन्नु भयो- ॅत्यती मात्र हैन भारतमा अन्धराष्ट्रवादी विचारले साम्प्रदायीक रूप लिएको छ । भारतमा बढदै गइरहेको पुँजीवादी संकट र त्यसले उत्पन्न बेरोजगारीले समस्याले गर्दा बेरोजगार भारतिय नागरिकहरूको असन्तुष्टीको शिकार नेपालीहरू पनि हुने संभावनालाई अस्वीकार गर्न सकिदैन ।’ यो अवस्थामा १९५०को असमान संधी तत्काल खारेज गर्दै पञ्चशिलताको आधारमा संधि गरिनु पर्नेमा जोड दिनु भयो । वहाँले सम्बोधनको क्रममा आजको एक्काइसौं सताब्दीको सुचना प्रविधको युगमा प्रवासी नेपालीहरूलाई मताधिकारबाट वञ्चित गराईएको छ । मूल प्रवाह नेपाली एकता समाजले लामोदेखि प्रवासी नेपालीहरूलाई मताधिकार र समानुपातिक प्रतिनिधीत्वको लागि संर्घष गरेको लामो इतिहास छ ।
कार्यक्रमा मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य कृष्टि राई, मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिका पुर्व अध्यक्ष तथा राजमो तिलोत्तमा नगरपालिका सदस्य लालचन्द पन्त, सुदुर पश्मिोत्तर क्षेत्रीय समितिबाट तिलक पौडेल, भारतिय अधिवक्ता अरुण माझीले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रमा केन्द्रीय सदस्यहरू मोहन गिरी, बाबुराम बिष्ट, बाबुराम बस्नेत, रमेश चन्द्र क्षेत्री, बिन बहादुर कुँवर, धुर्व शाह, राम बहादुर गौतमको पनि आतिथ्यता रहेको थियो ।
घोषणा सभापूर्व प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हक-हित र सामाजिक सुरक्षाको लागी संगठित बनौं, १९५० को असमान संधी खारेज गर, संसारका मजदुर एक हौं, इन्कलाव जिन्दावाद, संघीयता खारेज गर, भारतिय तथा नेपाली जनताको मित्रता अमर रहोस् आदी नारा सहित जुलुस प्रदर्शन गरिएको थियो । जुलुसको बिचमा नेपाली परिरनमास सजिएका कलाकारहरूले लेफ्ट राईट कदम बढाउको तालमा गरिएको कदमतालले प्रदर्शनको शोभा बढाएको थियो । घोषणा सभा कार्यक्रमको बिचबिचमा रक्तिम विभागका कलाकारहरुबाट रोचक साँस्कृतिक कार्यक्रमको प्रस्तुत भएको थिए ।
घोषणा सभाको अध्यक्षता सुर्य क्षेत्री र सञ्चालन बेल बहादुर रजालीबाट शुरु भएको थियो । सहभागीहरूलाई आयोजक समितिका संयोजक बिक्रमसिंह रानाले मन्तब्यबाट तथा कलाकारहरुले जनवादी गित संगीतबाट स्वागत गर्नु भएको थियो ।
२२ अप्रेलका दिन सम्पन्न सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले दिप प्रज्वलित गरि ध्वनी करताल बीच गर्नुभएको थियो ।
उद्घाटन मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, रक्तिम साँस्कृतिक अभियानकी केन्द्रीय सदस्य उषा थापा, मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, पूर्व अखिल नेपाल जनजाति सम्मेलन भाशाका उपाध्यक्ष किसन रानाले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय समितिका मोहन गिरी, विन बहादुर कुँवर, शिव केसी, सालिकराम आचार्य, धुर्व शाह, बाबुराम विष्ट, बाबुराम बस्नेत, तिलक पौडेल, कृष्टि राई, रमेश चन्द, रिम राना, साँस्कृतिक विभागका पहलसिंह परियार, जनजाति विभागका ओम थापा, महिला विभागकी मायाँ विसी, समता विभागका रेशम विक लगायतले आतित्थ्यता गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन वेल बहादुर रजालीले, अध्यक्षता विक्रम सिंह राणाले र स्वागत नारायण ज्ञावलीले गर्नुभएको थियो । कलाकारहरुले साँगितिक कोशेलीद्धारा स्वागत गरेका थिए ।