
चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४७औँ स्थापना दिवस कार्यक्रम चेन्नई पूर्व, पश्चिम, उत्तर, दक्षिण संयुक्त नगर समितिको आयोजनामा भव्य रुपमा सम्पन्न भएको छ ।
चेन्नई पूर्व नगर समितिका अध्यक्ष ओमकान्त शर्माको अध्यक्षता पश्चिम नगर समितिका सचिव किशोर शर्माको सञ्चालन, चेन्नई पश्चिम नगर सदस्य खुमन प्रसाद भण्डारी र कलाकारहरूले उपस्थित जनमानसलाई स्वागत गर्नुभएको थियो ।
केन्द्रीय सदस्य काशीराम शर्मा प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य बुद्धिराम पौडेल, क्षेत्रीय सांस्कृतिक विभागको तर्फबाट डिलबहादुर जिएम, महिला विभागबाट कमला नेपालीले अतिथि आसन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले संगठनको स्थापना अखिल भारत नेपाली एकता समाज देखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको उचाईसम्मको संक्षिप्तमा मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा क्षेत्रीय सचिवालय सदस्य बुद्धिराम पौडेल, डिल बहादुर जि एम, कमला नेपाली, गंगा थापा, प्रकाश नेपाली, जस बहादुर थापा लगायतले मन्तव्य दिनुभएको थियो ।
















