हैदरावादमा तीनवटा नगर समितिले संयुक्त रुपमा मनाइयो स्थापना दिवस

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिद्वारा संचालित उत्तर, मध्य र दक्षिण हैदराबाद नगर समितिको संयुक्त आयोजनामा ४७औँ स्थापना दिवस कार्यक्रम सम्पन भएको छ ।

कार्यक्रममा समाजका केन्द्रीय सदस्य रतन सिंह कर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य कृष्णबहादुर थापा, मध्य दक्षिण क्षेत्रीय कार्यबाहक अध्यक्ष खिमबहादुर विक, मध्य दक्षिण क्षेत्रीय सचिव– तिलक राना, मध्य दक्षिण क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य तथा क्षेत्रीय महिला विभाग संयोजक पुष्पा पौडेल लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

‘मूल प्रवाहले सम्पुर्ण शोषित पीडित उत्पीडित श्रमजीवी नेपालीहरूको पक्षमा महत्वपूर्ण भुमिका खेक्दै आइरहेको छ ।’ कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्माले भन्नुभयो– ‘मूल प्रवाहले नेपालीहरूको बिचमा आइपर्ने हरेक प्रकारका समस्या समाधानका लागि अग्रिम पंक्तिमा रहि कार्य गर्दै आइरहेको छ ।’

कार्यक्रममा सुर्य बहादुर थापाको अध्यक्षता, सोबिता पौडेलको सञ्चालन र वीर बहादुर बिकको स्वागत मन्तव्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार