
काठमाडौं । केसीले प्रवासी नेपालीलाई मतदानको व्यवस्थाका लागि बजेट नछुट्याएकोप्रति पनि प्रश्न उठाउनुभयो ।
‘प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्सबाट हामी यहाँ लकेट लगाएर हिँड्ने, पटक पटक उनीहरुलाई निर्वाचनमा भाग लिनुपर्छ भनेर सरकारले कुरा गर्दै आउँछ, तर बजेट त अहिले पनि छुट्टिएन । मैले अर्थमन्त्रीजइुलाई त्यो सोधेको थिएँ । त्यसको त जवाफै आएन’ केसीले भन्नुभयो, ‘माछा मिठा– काँडा तिता होइन, प्रवासीहरुले बगाएको पसिनाबाट हामी यहाँ माननीय भएर ढल्केर हिँड्नुपर्ने, उनीहरुलाई मतदान गर्न दिन बजेट व्यवस्था गर्नुपर्दैन ? त्यसको जवाफ आएको खोई ?’














