पाण्डिचेरी, नेल्लोर र निलगिरीमा महिला प्रशिक्षण सम्पन्न

निलगिरी । दक्षिण भारतको निलगिरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा महिला प्रशिक्षण सम्पन्न भएको छ।

राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीको प्रमुख आतिथ्यमा २५ जुलाई २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रमुख अतिथि जिसीले महिलाहरू तथा विविध विषयमा केन्द्रित रही प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य भगवती कुँवर, दक्षिण भारत क्षेत्रीय सदस्य बिरे थापा, भीमलाल शर्मा र विद्यार्थी विभागका सचिव कस्तुरी थापाको आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रम लक्ष्मी विकको अध्यक्षता, मीना हमालको सञ्चालन र रूपा थापाको स्वागतमा सम्पन्न भएको थियो ।

नेल्लोर,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिको आयोजना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीको प्रमुख आतिथ्यमा गत जुलाई २१, २०२३ शुक्रबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि जिसीले नेपालको राजनीति तथा भारतमा आएर काम गर्न बाध्य नेपालीको अवस्थाबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको अन्तमा प्रश्नोत्तर पनि राखिएको थियो ।

नगर महिला अध्यक्ष भूमादेवी केसीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सल्लाहकार ठाकुरप्रसाद केसीको पनि आतिथ्य रहेको थियो ।

नगर महिला सचिव सुभद्रा केसीको सञ्चालन रहेको सो कार्यक्रममा ज्ञातअज्ञात सहिदको सम्झनामा एक मिनेट मौनधारणपछि डिलबहादुर बसेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले पनि स्वागत गर्नुभएको थियो ।

पाण्डिचेरी,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागको आयोजनामा एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीको विशेष उपस्थितिमा जुलाई २३, २०२३ आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रशिक्षण दिँदै प्रमुख अतिथि जिसीले महिलाहरू संगठित हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

सो अवसरमा उहाँले महिलाका हक, हित, अधिकार, देशको कानुन र पुरुषप्रधान समाजमा महिलालाई हेर्ने दृष्टिकोण, भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले महिलालाई संगठित र सचेत बनाउन खेलेको भूमिकालगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

दक्षिण भारत महिला विभाग संयोजक विष्णुकुमारी शर्माको अध्यक्षता तथा महिला नेतृ जमुना शर्माको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य भगवति कुँवर र चन्द्रकान्त शर्माको आतिथ्य रहेको थियो ।

सहिदको सम्मानमा एक मिनेट मौनधारणपश्चात उपस्थित जनसमुदायलाई महिला विभागकी सदस्य नविना बस्नेत पौडेललेस्वागत गर्नुभएको थियो ।

क्षेत्रीय सदस्य डिल्लिप्रसाद शर्माले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार