दक्षिण भारतमा एमसीसी विरुद्ध कार्यक्रम सम्पन्न

जनक राज पौडेल
दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा एमसीसी (मिलिनियन च्यालेन्ज कर्पोरेशन) विरुद्ध भर्चुअल माध्यम द्धारा विरोध कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमूख आथित्यता रहेको थियो । अथितिहरूमा केन्द्रीय उपाअध्यक्ष केवि थापा, महासचिव प्रेम पौडेल, कोषाध्यक्ष मदन शर्मा, सदस्यहरू भिम बहादुर थापा, भगवति कुवँर, चोबनाथ शर्मा, चन्द्रकान्त शर्मा, नरेश विक, केशमान नेपाली, राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाउँपालिका कोषाध्यक्ष साथै वडा ४, जनप्रतिनिधि अशोक पुन, मध्य दक्षिण भारत क्षेत्रीय समिति सचिव तिलक राना लगायतले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अथिति खनालले एमसीसी विशुद्ध अनुदान मात्र नभई ईण्डोफ्यासिफिक रणनीतिको अंग भएको हुनाले एमसिसीको आवरणमा अमेरिकी साम्राज्यबादको नेपालको सार्वभौमिकता माथी नांगो हस्तक्षेप बताउनु भयो । राष्ट्रिय स्वधानिता नै खतरामा परेको अध्यक्ष खनालले जोड दिनु भयो ।
महासचिव पौडेलले देशमा एकातिर प्रतिगामि तत्वहरू सलवलाई आन्दोलनका उपलब्धिहरू गुम्ने खतरा र अर्को तर्फ साम्राज्यबादको नांगो हस्तपेक्षको कारण  देशको राजनीति अबस्था अत्यन्तै तरल बनेको बताउनु भयो ।
कार्यक्रममा दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, सचिवालय सदस्य काशिराम शर्मा, महिला विभाग संयोजक साथै क्षेत्रीय सदस्य विष्णु कुमारी शर्माले पनि मन्तव्य दिनुभएको थियो ।
चन्द्र बहादुर थापाको अध्यक्षता र जनकराज पौडेलको संचालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरु बीच शहिदहरूको सम्मानमा १ मिनेट मौनधारण पश्चायत दक्षिण भारत क्षेत्रीय सहसचिव धर्माराज शर्माले शब्दद्धारा स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्र र नगरहरूबाट अत्याधिक जनसमुदायहरूको सहभागिता रहेको थियो । सहभागी सम्पुणर्मा आयोजक समितिको तर्फबाट क्षेत्रीय सदस्य मिना हमालले धन्यबाद दिनु भएको थियो ।
स्मरण रहोस् देशमा राष्ट्रिय जनमोर्चा ले एमसीसी लगायत विभिन्न प्रकृतिका राष्ट्रघात विरुद्ध गर्दै आएका संघर्ष र कार्यक्रमहरूप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले ऐक्यवद्धता जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार