कृष्ण पचभैया,
भोपाल, ९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल महिला विभागको आयोजनामा “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ, संघीयता र एमसीसी खारेज गरौं” भन्ने मूल नाराको साथ प्रगतिशील तिजी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको सञ्चालन श्रीमती सरिता पचभैयाले र अध्यक्ष्यता श्रीमती प्रेमा शर्माले गर्नुभएको थियो । केन्द्रीय सदस्य ताल बहादुर खड्काको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको सो कार्यक्रममा क्षेत्रीय समितिबाट नारायण सापकोटा, श्रीमती सोनु थापा, भोपाल नगर समितिबाट अर्जुन जीएमले पनि आतित्थ्यता गर्नुभएको थियो ।
ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण पश्चात कार्यक्रममा उपस्थित जनमानसलाई स्वागत भाषण श्रीमती निर्मल क्षेत्रीले गर्नुभएको थियो । सम्पूणर् अतिथिहरूले पनि उपस्थित जनमानसलाइ तिजको शुभकामना प्रदान गर्नुका साथै आ-आफ्नो मन्तब्य दिनुभएको थियो ।
कार्यक्रममा भोपालमा सञ्चालित विभिन्न नेपाली संघ संस्थाबाट पनि महिला पुरुषहरूको उपस्थिति रहेको थियो, साथै कार्यक्रम आयोजकद्वारा उपस्थित जनहरूलाई खानपानको व्यवस्था गरिएको थियो।