चन्द्र प्रसाद पौडेल,
कोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता कोयम्बतुर नगर समितिको आयोजनामा राखिएको “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता र एमसीसी खारेज गरौँ” भन्ने मूल नाराका साथ प्रगतिशील तीजी कार्यक्रम भब्य र सान्दार रूपमा सम्पन्न भएको छ ।
जमुना पौडेलको अध्यक्षता र खिमानन्द शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कोषाध्यक्ष मदन शर्माको प्रमुख आतित्थ्यता, रा.ज.मो. जैमुनी न.पा. वाड नम्बर ४ का सदस्य रबिशंकर शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका सदस्यहरु रेशम थापा, बिरे थापा, भिमलाल शर्मा, गोपाल शर्मा, रक्तिम क्षेत्रीय बिभागका सदस्य बल बहादुर बि.क. महिला क्षेत्रीय बिभागकि सदस्य मिना हमाल, क्षेत्रीय बिध्यार्थी बिभागको तर्फबाट कस्तुरी थापा, क्षेत्रीय प्रतिनिधि जगत हमालहरुको अतिथी आशन ग्रहन पछि ज्ञात-अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात केन्द्रीय कोषाध्यक्ष मदन शर्माले मम्बत्ती बालेर तीजि कार्यक्रमलाई बिधिगत रूपमा उद्घाटन तथा उद्घाटन भाषण गर्नुभएको थियो ।
उपस्थीती जनसमुदायहरुलाई रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले गित-संगितबाट र नगर सचिब चन्द्र प्रसाद पौडेलले उपस्थित जनसमुदायहरुलाई शब्दबाट स्वागत गर्नुभएको थियो।
उक्त तीजी कार्यक्रमको मबाट कोयम्बतुर नगर समितिका कोषाध्यक्ष तथा द.भा.क्षे.स. का सदस्य गोपाल शर्मालाई स्वदेश बिधाइ गरिएको थियो । गोपाल शर्मा १९८९ देखि २०२३ सम्म निरन्तर संगठनमा रहेर विभिन्न तहमा रहेर काम गर्दै आउनुभएको थियो ।
गोपाल शर्मालाई अबिर, माल्यर्पण र दोशल्ला ओढाएर नगर समितिको तर्फदेखि नगर अध्यक्ष रेशम थापा र सचिब चन्द्र प्रसाद पौडेलले सम्मान गरिएको थियो नगर अन्तर्गत टाउन हल एरिया समितिको तर्फदेखि जमुना पौडेल, कनुबाइ एरिया समितिको तर्फदेखि चन्द्रदत्त शर्मा र चिरन्जिबी शर्मा लगायतले दोशल्ला ओढाएर सम्मान गर्नुभएको थियो । त्यस्तै रामु थापाले उहाँलाई दोशल्ला ओढाएर र माल्यर्पण लगाएर सम्मान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा रेशम थापा, बिरे थापा, भिमलाल शर्मा, रबिशंकर शर्मा, बल बहादुर बि.क., कस्तुरी थापाले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको बीच-बिचमा तिजि गित र रक्तिम गितहरु प्रस्तुत गरिएको थियो।