जयपुरमा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न

बेलबहादुर रजाली,

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुरले तिजी कार्यक्रम सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनको विशेष आतिथ्यमा १८ सेप्टेम्बर २०२३ मङ्गलबारका दिन सो कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा पुनले देशमा एमसिसी पारित भएसँगै साम्राज्यवादीहररूको चलखेल झन् बढ्दै गैइरहेको बताउनुभयो।

अहिलेको यो बुर्जुवा गणतन्त्रबाट हाम्रो मुक्ति सम्भव नभएको बताउदै उहाँले भन्नु भयो– यसको ठाउँमा जनवादी गणतन्त्र ल्याउनुपर्छ तर अहिले बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त यही बुर्जुवा गणतन्त्रमाथि पनि आक्रमण भएकाले यसलाई यसको रक्षा गर्न सम्पूर्ण देशभक्त नेपालीहररू एक हुनुपर्छ ।

क्रार्यक्रमा केन्द्रीय सदस्य मोहन गिरी, केन्द्रीय सदस्य तथा क्षेत्रीय सहसचिव बेलबहादुर रजाली, केन्द्रीय केन्द्रीय प्रतिनिधि रिम राना, केन्द्रीय परिषद् सदस्य दीपा थापा, अखिल भारतीय जनवादी महिला सङ्घकी सुमित्रा, पिएचडी तकनिकी कर्मचारी सङ्घका राजकुमार कायथ, क्षेत्रीय उपाध्य्क्ष ओम थापा, क्षेत्रीय सदस्यहरू नारायण ज्ञवाली, टङ्क थापा, रामप्रकाश शर्मा, नारायण पौडेल, मङ्गलसिंह खड्का आतिथ्य रहेको थियो ।

कार्यक्रम हुमा रजालीको सञ्चालन तथा कल्पना थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने माया थापाले स्वागत गर्नु भएको थियो।
सङ्गठनलाई विभिन्न कोणबाट योगदान दिनु हुने व्यक्तित्व तथा बोर्ड परीक्षामा उत्कृष्ट नम्बरबाट पास भएका विद्यार्थीहरूलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार