चेन्नईमा २०८० सालको जनबादी देउसी भैलो कार्यक्रम सम्पन्न

कोटी प्रसाद पोख्रेल

चेन्नई, १२ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समित अन्तर्गत चेन्नई पुबर्, पश्चिम, उत्तर र दक्षिण संयुक्त नगर समितिको आयोजनामा २०८० सालको जनबादी देउसी भैलो कार्यकर्म भब्य रुपमा सम्पन्न पारिएको छ ।

चेन्नई उत्तर नगर समितिकासदस्य मान बहादुरको अध्यक्षता, पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेलको सञ्चालनबाट अगाडि बढेको थियो ।

कार्यक्रममा मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापा, मूल प्रवाह क्षेत्रीय समितिका सचिवालय सदस्य संयोजक काशीराम शर्मा, केन्द्रीय कोषाअध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय सदस्य तथा स्वयंसेवक इन्चार्ज कोटीप्रसाद पोख्रेरल, क्षेत्रीय सदस्य तेजेन्द्र थापा, क्षेत्रीय सदस्य गोपाल विक, क्षेत्रीय सदस्य ओमकान्त शर्मा, क्षेत्रीय सदस्य उमानन्द शर्मा, क्षेत्रीय सदस्य जीबन शर्मा, क्षेत्रीय सदस्य नेत्रलाल शर्मा, क्षेत्रीय सदस्य खगराज शर्मा, महिला विभाग पश्चिम नगर समिति संयोजक चन्द्रीका पौडेल, महिला बिभाग सदस्य गुमा कुमारी शाही, सम्झना नेपाली, रक्तिम साँस्कृतिक संयोजक दिल बहादुर थापा, साथै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुजरात नगर समितिका सदस्य चाम बहादुर घर्तीको अतिथि आसनग्रहण, ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनिट मौनधारणा प्रस्ताव उपस्थित जानमानसलाई दक्षिण नगर समितिका कोषाध्यक्ष जीबन शर्माले शब्दबाट र रक्तिम कलाकारहरुले गितबाट स्वागत गर्नुभएको थियो ।

२०८० सालको जनाबादी भैलो कार्यक्रम मैनबत्ती बालेर प्रमुख अतिथि काशीराम शर्माले उद्घाटन तथा उद्घाटन भाषण गर्नुभएको थियो । उद्घाटन भाषणमा उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बारे स्पष्ट पर्दै । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले स्थापना कालदेखि नै प्रवासमा रहने नेपालीहरूको बीचमा नेपाली संस्कृतीलाई प्रगतिसिल ढंगले मनाउँदै र पस्तुत गर्दै आयको बताउनु भयो ।

विशेष अतिथि केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापाले शुभकामना दिदै भारतमा रहने नेपालीहरूको अभिभावकको रूपमा रहेको मूल प्रवाह नेपाली एकता समाजलाई विभिन्न प्रकारका अवसरवादी र फुट प्रस्तहरुले विभिन्न प्रकारले झुट्टो प्रचारहरु गरेर धमिल्याउने प्रयास गर्दागर्दै स्वयं आफूहरुको नै अन्त भएको इतिहास कोट्टाउँदै भावी दिनहरुमा पनि मूल प्रवाह माथि आइही लाग्नेहरुको अन्त्य निश्चित भएको बताउँदै सबै चेन्नईमा रहने प्रवासी दाजु भाई तथा दिदी बहिनीहरुलाई मूल प्रवाको झडामुनी गोलबन्द हुन अग्रह गर्दै शुभकामना वक्तव्य व्यगत गर्नुभएको थियो । साथै पश्चिममा नगर समितिका सदस्य, चिंतामणी आचार्य, खगेश्वसर शर्मा, तिलक बिक, ओमकान्त शर्मा लगायतले सुभकामना दिनुभएको थियो ।

कार्यक्रमको बीच बिचमा रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुबाट अति रोचक भैलो गित नृत्य प्रस्तुत गर्नु भएको थियो । कलाकारहरू अतिथिहरु स्वयं सेवक लगायत सम्पुणर् हलमा उपस्थित बुबाआमा दाजुभाइ दिदी बहिनीहरुलाई आयोजको तर्फबाट चेन्नई उत्तरमा नगरका सचिव तथा स्वयम्सेवक इन्चार्ज कोटी प्रसाद पोख्रेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार