स्वघोषित क्रान्तिकारीहरुद्धारा ठगिधन्दा !

नयाँ दिल्ली । स्वघोषित क्रान्तिकारीहरुले भारतका विभिन्न स्थानमा ठगिधन्दा शुरु गरेका छन् भन्दा जो कोही पनि आश्चर्य चकित हुनु स्वभागिक नै हो तर, यो सत्य हो । सांगठनिक धरातल र नीतिगत रुपमा भारतस्थित नेपाली श्रमजिवी नेपालीहरुबाट नांगिए पछि देव बहादुर लामिछानेको नेतृत्वमा रहेको अखिल भारत नेपाली एकता समाज यस्ता प्रकारका घृणित कार्यमा लागेको छ ।

संसारमा छरिएर रहेका नेपाली श्रमजिवीहरुलाई चकित पर्ने दिवास्वपन पालेर कथित आठौं अखिल भारत सम्मेलन भन्दै हौसिएका फूटपरस्तहरुको वास्तविक रुप त्यसै सम्मेलनले नै देखाई दिएको थियो । त्यस सम्मेलन पछि उनीहरुका कार्यकर्तामा आएको नैरास्यताले यो स्पष्ट पारिसकेको छ कि उनीहरु विचार, नीति, कार्यक्रम र जनस्तर सम्पूणर्बाट स्खलित भइसकेका छन् । तर, कतिपय खुरापाती व्यक्तिहरु भने निचकृष्ट कार्यमा संलग्न छन्  ।

सन्दर्भ यस वर्षको दिपावलीको अवसरमा राजस्थानको भिवाडीमा लामिछानेको नेतृत्वमा रहेको अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्मा सहित केही व्यक्तिहरु आर्थिक संकलन गर्दै हिंडेका थिए । उनीहरुले सोही दौरानमा आर्थिक रसिदको नाममा सदस्यता भिराउने निन्दनीय कार्य गर्दै हिंडेका थिए ।

त्यस्तै कतिपयलाई केन्द्रीय सदस्य, कतिपयलाई क्षेत्रीय अध्यक्ष/सचिव/सदस्य यावत बनाई दिन्छु भन्दै पदको लालच दिने र जबरजस्ती सदस्यता बाँड्दै हिंडेको र आफूलाई पनि त्यो लालच दिंदै हिंडेको बताइएको छ । यस्तो प्रकारको भ्रामक, पदको लालचमा बनाइएको र झुक्याएर गरिएको गतिविधिको आधारमा बनेको संगठन वास्तवै मै क्रान्तिकारी होला त ? यो समझदारहरु आफैले बुझ्ने कुरा हो ।

यसैबीच आफूलाई झुक्याएर फूटपरस्तका केन्द्रीय सदस्य बाबुराम बस्नेतले सदस्यता दिएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समिति सदस्य देवमायाँ बगालेले एक वक्तव्य जारिगरि आफू मूल प्रवाहमा नै रहेको बताउनु भएको छ । यसप्रकारको गतिविधि गरेर आफ्नो छवि धुमिल पार्ने कोशिस गरेकोप्रति बगालेले रोषप्रकट गर्दै आवश्यक परे प्रशासनिक प्रक्रियामा जाने समेत बताउनु भएको छ ।

यस्तो छ, बगालेको स्पष्टीकरण

त्यस्तै विभिन्न स्थानमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज विघटन भएको बताउँदै एकता समाज अब पूरानै अखिल भारत नेपाली एकता समाज भन्दै भ्रम दिने गरेको पनि पाइएको छ । केही महिना पहिला हरियाणाको टोहनामा कुनै एक जना नेपाली श्रमिकको घरमा एउटा बच्चाको जन्मदिन मनाउन गएका उनीहरुका स्वघोषित नेता जीले पनि यस्तै घृणित कार्य गरेका थिए ।

यसै बीच हिसारका विभिन्न एरियामा लामिछानेको नेतृत्वमा रहेको अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य श्याम बहादुरले आफूलाई मूल प्रवाहका कार्यकर्ता बताउँदै मूल प्रवाहका कार्यकर्ताहरु भ्रम निदे र सदस्यता बाढने कार्य भएका छन् । यसप्रकारको गतिविधिबाट फूटपरस्तहरु सच्चिनु नै उनीहरुको हितमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार