कमला खड्का मूल प्रवाह मै

नयाँ दिल्ली । सन्दर्भ यस वर्षको दिपावलीको अवसरमा राजस्थानको भिवाडीमा लामिछानेको नेतृत्वमा रहेको अखिल भारत नेपाली एकता समाजका केही व्यक्तिहरुले आर्थिक रसिदको नाममा सदस्यता भिराउने निन्दनीय कार्य गर्दै हिंडेका छन् ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिका सदस्य कमला खड्कालाई पनि त्यस्तै प्रकारको व्यवहार गरेका छन् । कमला खड्काले एक वक्तव्य जारिगरि फूटपरस्तहरुको त्यसप्रकारको गतिविधिको विरोध गर्दै आफू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा नै रहेको बताउनु भएको छ ।

वक्तव्यमा लेखिएको छ :

‘उपरोक्त सम्बन्धमा म कमला खड्कालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट फूटपरस्त गतिविधिमा लागेका व्यक्तिहरुबाट सञ्चालित अखिल भारत नेपाली एकता समाजका केही व्यक्तिहरुले भ्रममा पारि सदस्य बनाएको प्रति मेरो असहमती रहेको प्रष्ट गर्दछु । साथै म आफ्नै संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा रहेको प्रष्ट जानकारी गराउन चाहन्छु । अन्य सम्पूणर्मा पनि यस्तप्रकारका व्यक्तिहरुको भ्रममा नपर्न अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार