भिम बहादुर थापा पुत्री शोकमा

बेंगालोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य पि. भिम बहादुर थापा पुत्री शोकमा पर्नुभएको छ । वहाँकी छोरी सावित्रा थापाको आज २९ अगस्त २०२४ का दिन बेंगलोरको डा. अम्बेटकर इन्सट्युट अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

यसै बीच मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले शोक वक्तव्य जारि गरि गहिरो समवेदना व्यक्त गर्नुभएको साथै मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

खनालले वक्तव्यमा लेख्नुभएको छ :

“सावित्रा थापा लामो समयदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्य रहि संगठनले दिएको जिम्मेवारीलाई निर्वाह गर्दै आउनुभएको थियो । वहाँले बेंगलोर उत्तर नगर समितिको सदस्य एवं महिला विभागको विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो । विगतमा साँस्कृतिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुराउनु भएकी सावित्रा थापा वर्दाघाट नपा १३, नवलपरासी निवासी हुनुहुन्थ्यो । वहाँको निधनले सिंगो संगठनलाई अत्यन्तै मर्माहत बनाउनुको साथै सामाजिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको छ ।

वहाँको निधनबाट शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै मृतक सावित्रा थापाप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार