
बैङ्गलोर (भारत) । बैङ्गलोरबाट भारतीय परियार र शान्ति परिवार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा नै फर्किनुभएको छ ।
मूल प्रवाहका महासचिव प्रेम पौडेलको उपस्थितिमा २०८१ असोज २१ सोमबार आयोजित कार्यक्रममा सदस्यता लिँदै उहाँहरू पुरानै सङ्गठनमा फर्किनुभएको हो ।
कथित अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समितिमा रहनुभएका उहाँहरू दुवैले सो अवसरमा राजीनामा पनि सार्वजनिक गर्नुभएको छ ।
केही समयपहिले भ्रमवश फरक सङ्गठनको सदस्यता लिएको जानाकारी गराउँदै राजीनामामार्फत् उहाँले उक्त निर्णयप्रति पश्चाताप व्यक्त गर्नुभएको छ ।
उहाँहरूले आजका दिनदेखि भारतमा ऐतिहासिक विरासत बोकेको साथै आफूलाई नेताकलाकार तथा विभिन्न स्थानमा पुग्न अवसर प्रदान गर्ने प्रवासी श्रमजीवी नेपालीको अभिभावकीय सामाजिक सङ्गठन मूल प्रवाहमा नै पुनः आबद्ध भई काम गर्ने अठोट व्यक्त गर्नु भएको छ ।
सो अवसरमा महासचिव प्रेम पौडेल, केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, दक्षिण भारत क्षेत्रिय समिति उपाध्यक्ष दशरथ विक, सदस्य पार्वती विक र धरम पहरीको उपस्थिति रहेको थियो ।
















