रामपुर झाकडीमा एरिया समिति पुनर्गठन

रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर बुशहर नगर समिति अन्तर्गत झकडी एरिया समितिको पुनर्गठन गरिएको छ । नगर समितिका अध्यक्ष सीताराम बुढा र नगर सचिवि लाल बहादुर ओलीको विशेष उपस्थितिमा सम्पन्न भेलाले सालिग्राम थापाको अध्यक्षतामा ११ सदस्यीय एरिया समिति पुनर्गठन गरिएको हो ।

जसमाः उपध्यक्ष– मालादेवी, सचिवि– सीमा श्रेष्ठ, सहसचिव– अनीता शाही, कोषाध्यक्ष– जुनकेसी बुढा, सदस्यहरुमाः उमा देवी, अर्जुन राणा, कमला देवी, कली देवी, वैकल्पिक सदस्यमाः खिमा थापा र डल्ली मगर रहनुभएको छ ।

नवनिर्वाचित समितिलाई नगर समितिका अध्यक्ष सीताराम बुढा र नगर सचिवि लाल बहादुर ओलीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार