
भुन्तर (हिमाचल) । भारतको हिमाचल राज्यको भुन्तरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत भुन्तर नगर समितिको आयोजनामा नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रम डिसेम्बर ९, २०२५ को सम्पन्न भएको हो ।
मूल प्रवाहका पूर्व अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षणमा खनालले नेपालको वर्तमान राजनीति, मूल प्रवाहको भूमिका र दायित्व लगाएतका समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा मूल प्रवाह केन्द्री सदस्य एवं हिमाचल राज्य समिति अध्यक्ष विरु श्रेष्ठ, हिमाचल राज्य समितिका कोषाध्यक्ष सिताराम बुढा, अखिल नेपाल महिला संघ कपिलवस्तु जिल्ला अध्यक्ष शारदा पौडेल खनाल लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगर अध्यक्ष कन्हैयालाल चौधरीको अध्यक्षतामा तथा सचिव दिनेश चन्दको सञ्चालन नगर उपाध्यक्ष मणिराम छन्त्यालको स्वागत मन्तव्य रहेको थियो।














