
रोजगारीको लागि भारतको हिमाचल स्थित रामपुर समाथाला रहँदै आएका नविन पुनमगरकी २५ वर्षीय श्रीमती तिना पुन मगर (संगीता) २०८० माघ २५ गतेदेखि लापत्ता भएकी छिन् । घर परिवारसँग कुनै सल्लाह विनानै लापत्ता भएकी उनले साथमा ३ वर्षकी छोरी भावनालाई पनि लगेर गएकी छिन् । श्रीमतीको लापत्ता भएको हुँदा छोरीको पढाईप्रति चिन्तित हुँदै खोजीका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भावनगर नगर समितिलाई उनले निवेदन दिएका छन् ।
निज तिना पुन मगर (संगीता) लाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा मोबाइल नम्बर 00977-9749265695 आमा मिना खनाललाई र भारतमा ठाकुर खनाल 8445847215 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।
















