प्रगतिशील पाठक मञ्च पुनर्गठन

काठमाडौँ । प्रगतिशील पाठक मञ्च पुनर्गठन गरिएको छ ।

२०८१ कात्तिक २४ गते शनिबार सम्पन्न भर्चुअल भेलाले सो समिति गठन गरेको हो ।

भेलाले मञ्चको संयोजकमा समीर सिंह तथा कोषाध्यक्षमा हरिकान्त शर्मालाई चयन गरेको छ । त्यस्तै सचिवालय सदस्यमा समीर सिंह, घनश्याम न्यौपाने र देवेन्द्र कुँवर रहनुभएको छ ।

एक रिक्तसहित ११ सदस्यीय मञ्चको अन्य सदस्यमा सुरेश थापा, नन्दराज भट्ट, धनवीर पुन, प्रकाश थापामगर, भीमसेन वन र सुवास जिसी रहनुभएको छ ।

संयोजक समीर सिंहका अनुसार मङ्सिर महिनाभित्रै मञ्चको विधान तयार पारी अन्य क्रियाकलाप अगाडि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार