15औं चिदम्बरम नगर सम्मेलन सम्पन्न

चिदम्बरम, २२ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको १५औं नगर सम्मेलन ऐतिहासिक रुपमा भव्य र सानदार साथ सम्पन्न भयो ।

गोकुल बहादुर गायकको सञ्चालन, मोहराज शर्माको अध्यक्षता रहेको उक्त सम्मेलन समारोहमा केन्द्रीय कोषाध्यक्ष मदन शर्माको प्रमुख आतित्थ्यता रहेको थियो भने, केन्द्रीय सदस्य भगवती कुँवर, जनकराज पौडेल, बालाकृष्ण गायक, चन्द्रकान्त शर्मा, क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा, गोविन्द शर्मा, नारायण शर्मा, हेम बहादुर गन्धर्व, प्रवासी नेपाली संघ भारतबाट विष्णु प्रसाद शर्मा, नेपाली जनसम्पर्क समितिबाट खेमनाथ शर्मा र गभर्मेन्ट ईम्प्लाई एसोसिएसनबाट आर गान्धीले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

अथितिहरुलाई खादा र ब्याच लगाएर सम्मान पश्चत ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरि अघि बढेको उक्त सम्मेलनमा उपस्थित सम्पूर्ण जनसमुदायहरूलाई शब्दद्वारा सुर्यमान गिरीले स्वागत गर्नु भएको थियो भने रक्तिम सांस्कृतिक कलाकारहरुले गित द्धारा स्वागत गर्नु भएको थियो ।
ऐतिहासिक १५औं नगर सम्मेलनलाई मैन बत्ती बालेर प्रमुख अथिति मदन शर्माले समुद्घाटन गर्नु भयो । उद्घाटन पश्चत आफ्नो उद्घाटन मन्तव्य राख्दै भन्नु भयो । ‘एकता समाज निश्चित उद्देश्य र विचार लिएर स्थापना भएको संगठन हो । एकता समाज स्थापना हुनु अघि भारतमा सोझा नेपालीहरुलाई भ्रममा पारेर आर्थिक लाभ लिन धार्मिक नामका समुहहरू थिए तर, एउटा भिजन बोकेको संगठनले मात्र भारतस्थित प्रवासी श्रमजीवी नेपालीहरुको हकहितको लागि काम गर्न सक्छ ।’ नेता शर्माले अगाडि भन्नुभयो– ‘रोजगारको समस्याले भारतमा विदेशीन बाध्य नेपालीहरुको न्याय र अधिकार दिलाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले संघर्ष गर्दै आएको छ ।’

केन्द्रीय सदस्य भगवती कुँवर, क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा, प्रवासी नेपाली संघ भारतबाट विष्णु प्रसाद शर्मा, नेपाली जनसम्पर्क समितिबाट खेमनाथ शर्मा र गभर्मेन्ट ईम्प्लाई एसोसिएसनबाट आर गान्धी लगायतका अथितिहरूले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो ।

सम्मेलनले नारायण शर्माको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– देवेन्द्र आचार्य, सचिव– सुर्यमान गिरी, सहसचिव– मेघराज शर्मा, कोषाध्यक्ष– हेम बहादुर गन्धर्व, सदस्यहरूमाः मोहराज शर्मा, गोकुल बहादुर गायक, जीवन पराजुली, पदम बहादुर केसी, प्रेम प्रसाद पराजुली, चन्द्र बहादुर केसी, वैकल्पिक सदस्य बालाकृष्ण गायक, रुद्र प्रसाद शर्मा र रमाकान्त शर्मा रहनुभएको छ । सम्मेलनले तोयनाथ शर्मा, दुर्गा देवि हमाल र जीवन शर्मालाई सल्लाहकार चयन गरेको छ ।

नव निर्वाचित समितिलाई रक्तिमका कलाकारहरूले गित द्धारा बधाई दिनु भएको थियो भने प्रमुख अथिति मदन शर्मा, केन्द्रीय सदस्य जनकराज पौडेल, चन्द्रकान्त शर्मा र क्षेत्रीय सदस्य गोविन्द शर्माले शब्दद्वारा बधाई दिनुभएको थियो ।

रक्तिमका कलाकारहरूले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत पश्चत नव निर्वाचित उपाध्यक्ष देवेन्द्र आचार्यले चिदम्बरम नगर समितिको १५औं नगर सम्मेलन ऐतिहासिक रुपमा सफल पारि दिनु भएकोमा सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार