
काठमाडौँ । राष्ट्रिय सभा सदस्य तुलप्रसाद बिश्वकर्मा (राजेश विक)ले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरुलाई कलेज र होस्टेलबाट निकाएलिएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले प्रकृति लम्सालले आफूमाथि दुव्र्यवहार भइरहेको रिपोर्ट गरेको भएपनि विश्वविद्यालय प्रसाशनले बेवास्ता गर्दा यस्तो घटना भएको बताउनु भयो ।
उहाँले उक्त घटनाम संलग्न अपरधीलाई उम्किने छुट नदिन सरकारको ध्यानाकर्षण गराउनु भो । उहाँले भन्नुभयो,‘आज दुःखका साथ भन्नु परिरहेको छ कि यो देशको स्वाभिमान निहुरिएको छ । र सम्पूर्ण नेपालीको स्वाभिमानमाथि फेरि विदेशी भूमिमा धावा बोलिएको छ ।
भारतको ओडिशा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बुटवलका प्रकृति लम्सालको जुन संकास्पद रुपमा होस्टेलमा मृत शरीर फेला प¥यो । त्यसलाई लिएर त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले प्रशासनलाई दबाब हाले । त्यो दबाब स्वरुप प्रशासनले सत्यतथ्यको छानविन गर्नुको बदला विद्यार्थीलाई रेस्टिगेट गर्ने, होस्टेल र कलेजबाट निकाल्ने र उनीहरुलाई बसमा राखेर रेलवे स्टेसनमा छोड्ने काम भयो ।
यो अत्यन्तै दुःखद् घटना हो । लम्सालले रिपोर्ट गर्दा समेत त्यहाँको प्रशासनले कुनैपनि सुरक्षाको प्रत्याभूति गरेन । त्यसको फलस्वरुप उनको मृत्यु हुन पुगेको छ । र अहिले त्यहाँका विद्यार्थीहरुले प्रशासनलाई दबाब हाल्दाखेरि उनीहरुमाथि जुन दुव्र्यवहार भएको छ ।’ राष्ट्रिय जनमोर्चाका सांसद विकले नेपाली विद्यार्थीमाथि भएको ज्यादती रोक्न पहल गर्न समेत सरकारसँग माग गर्नुभयो ।
















