किट युनिभर्सिटीका भिसीसँग उपाध्यक्ष खनालको फोनवार्ता

  • प्रकृती लम्साललाई न्याय दिलाउन जोड
  • नयाँ दिल्ली । किट युनिभर्सिटी भूवनेश्वरका भ्वाइस चान्सलर सरन्जित सिंह र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल बीच फोनवार्ता भएको हामीलाई जानकारी प्राप्त भएको छ ।

    उपाध्यक्ष खनालका अनुसार अमानवीय, दूव्र्यवहारपूर्ण गतिविधि गर्दै किट युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई निश्कासित गरिएको विषयलाई लिएर वहाँहरु बीच फोन बार्ता भएको हो ।

    युनिभर्सिटीले विद्यार्थीहरुलाई क्याम्पस फर्कन आव्हान गरेसँगै केही विद्यार्थीहरु फर्किरहेका थिए, तर फर्किएका विद्यार्थीहरुलाई क्याम्पस प्रशासनले सर्त राखेको समाचार प्रकाशमा आए पछि मूल प्रवाहले क्याम्पस प्रशासनसँग वार्ता गर्नुपर्ने आवश्यकता महशुस गरि फोनवार्ता गरिएको उपाध्यक्ष खनालले हामीलाई जानकारी दिनु भयो ।

    खनालका अनुसार निश्काशित विद्यार्थीहरुलाई निःशर्त क्याम्पस फर्किने वाताबरण मिलाइ, अध्ययनको लागि पनि उपयुक्त व्यवस्था निर्माणमा भिसीलाई मूल प्रवाहले निवेदन गर्दै आएको छ ।

    फोनवार्ताको सन्दर्भमा खनालले प्रकृती लम्साललाई न्याय दिलाउन पनि जोड दिनुभएको थियो । आत्महत्या गर्न वाध्य बनाउने दोषीलाई कानुन बमोजिमको कारवाही हुनुपर्नेमा खनालको जोड थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार