
चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिले निवर्तमान नगर सल्लाहकार खेमप्रसाद सापकोटा र महिला नगर सदस्य कमलादेवी सापकोटालाई बिदाई गरेको छ । नगर समितिले फेब्रुअरी २६, २०२५ का दिन औपचारिक कार्यक्रमको आयोजना गरेर बिदाई गरेको हो ।
रोपडमा सन् १९९० देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्मेवारी निभाउँदै आउनुभएका सापकोटा भर्खरै थर्मल प्लान्टबाट सेवानिवृत्त हुनुभएको थियो ।

समारोहमा सापकोटा दम्पतीलाई फूलमालासँगै प्रशंसापत्र र स्मृतिचिह्न प्रदान गरी शुभकामना दिइएको थियो ।
सो अवसरमा सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य बिलबहादुर गुरुङ, नगर समितिका सदस्यहरू हरिकला कँडेल, तुलसी थापा, रूपा कार्की, नारायन सापकोटा, भेगबहादुर टन्डन, चन्द्रकला सापकोटा, हीरामणि सापकोटा, शेरबहादुर थापालगायतले मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले सापकोटा दम्पतीले प्रवासमा खेलेको सक्रिय भूमिकालाई देशभित्र अझै निरन्तरता र सक्रियता दिने अपेक्षा व्यक्त गर्नुभएको थियो । कार्यक्रम भीमबहादुर कार्कीको अध्यक्षतामा, मदन थापाको सञ्चालन र लालजगनाथ कँडेलको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो । सापकोटा दम्पती नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर ५ निवासी हुनुहुन्छ ।














