


भुन्तर (हिमाचल) । भारतको हिमाचल राज्यको भुन्तरमा मूल प्रवाह अखिल भारत नेपाली...

मनाली (हिमाचल) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य...

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गोवाको...

नई दिल्ली 8 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली ,कता समाज...

नई दिल्ली, 4 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका...

काठमाडौं, 4 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व...

खिमराज चालिसे चंडीगढ़, भारतको चंडीगढ़बाट 15 अगस्त 2025 को आफना तिन छोरा-छोरीहरु...

चितवन माडि नगरपालिका वार्ड नं. 1 लक्षुमनिया बस्ने नारायणदत्त अधिकारीका कान्छा...

26, नोवेम्बर 2025, पुना, महाराष्ट्र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2025 All right reserved Site By : Himal Creation
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि राजधानी काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सञ्चालन गर्दैछ । सो आन्दोलनको तयारीका लागि यतिबेला जिल्लाहरूमा सभा, कोणसभा, पर्चा वितरण लगायत प्रचार प्रसारका कार्यक्रम चलिरहेको छ ।
यस्तै, काठमाडौँ उपत्यका भित्र राजमोको टिम प्रचार प्रसारमा सक्रिय छ । केही दिनदेखि राजमो कार्यकर्ताहरू सुन्धारा, न्युरोड, त्रिपुरेश्वर, बानेश्वर चाबिहल, गोंगबुलगायतका क्षेत्रमा पर्चा वितरण तथा जनभेटघाट गरिहेका सो टोलीमा संलग्न राजमो नेता खगेश्वर सुनारले बताउनुभयो ।
टोलीमा ७२ वर्षीय भीमबहादुर थापा, उस्तै उमेर समूहका तिलक पौडेलदेखि युवा नेताहरू उषा पुन, अर्जुन पौडेल, कमल पौडेललगायत सहभागी हुनुहुन्छ ।
सो टोलीले राजधानीबासीसँग भेटघाट गरी संघीयताविरुद्ध आन्दोलनबारे जानकारी दिनुका साथै कार्यक्रमका लागि सहयोग संकलन गरिरहेको नेता विष्णु श्रीनेतले जानकारी दिनुभयो ।
भेटघाटका क्रममा राजधानीबासीले संघीयता मन नपराएको र त्यसविरुद्ध हुने आन्दोलनलाई सहयोग गर्न तयार रहेको राजमो नेताहरू बताउँछन् । संघीयताले अनावश्यक प्रशासनिक खर्च बढाएको, विकास रकम कटौती गरेको, कर बढाएको र देशैभरी भुरे टाकुरे भीआईपीहरू सिर्जना गरेको स्थानीयको बुझाई छ ।
राजमोले सञ्चाल गर्न लागेको संघीयताविरुद्धको आन्दोलनको प्रचार स्वदेशमा मात्र नभइ प्रवासमा समेत उस्तै चलिरहेको छ ।
भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विभिन्न सहरहरूमा प्रचारात्मक कार्यक्रम गरिरहेको छ भने मूलप्रवाहका कैयौँ कार्यकर्ता आन्दोलनका लागि स्वदेश फर्किएका छन् ।
यसैगरी संसारका अन्य देशहरूमा समेत प्रवासी नेपालीले संघीयताविरुद्ध आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।
राजमोले चैत २४ गतेदेखि सञ्चालन गर्न लागेको संघीयताविरुद्धको आन्दोलनका लागि तयारी गरिरहेको छ । प्रचारप्रसार, आथिर्क संकलनलगायत व्यवस्थापनको तयारी भइरहेको राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।
कायक्रमको प्रचारका लागि रक्तिम सांस्कृति अभियानका कलाकारहरूले समेत यही चैत १५ देखि सडक सांस्कृतिक कार्यक्रम गर्दैछन् ।