बुटवलमा संयुक्त रुपमा मनाइयो ३८औं स्थापना दिवस

धनवीर पुन मगर

बुटवल, ३ बैशाख । अखिल नेपाल जानजाति सम्मेलन र जातिय समता समाजको ३८ औं स्थापना दिवस संयुक्त रुपमा सम्पन्न पारिएको छ ।

कार्यक्रम जातिय समता समाजका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य तुल प्रसाद विक (राजेश)को प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । विकले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिंदै समयको गतिशिलता साथसाथै धेरै परिवर्तनहरु भैसक्दा पनि नेपालमा जातीय समस्या विद्यमान रहेको बताउनु भयो ।

‘वर्तमान समय विज्ञानको युग हो, तर नेपाली समाज अझै पनि सामान्ति कुशंस्कार र कुरिताका विरुद्ध संघर्ष मै केन्द्रित हुनुपर्ने वाध्यता छ ।’ विकले भन्नु भयो– ‘नेपाली जनताले ठूलो वलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको गणतन्त्रले पनि जातीय समस्या समाधानको पहिचान गर्न नसक्नु दुःखको विषय हो ।’

समाजको बढ्दै गएको असन्तुष्टिलाई प्रतिगामी तत्वहरुले गणतन्त्रको विरुद्धमा भजाउने कोशिसमा लागेकाले नेपाली जनताले समय मै पहिचान गर्न सक्नु पर्ने विकको थप भनाई थियो । साथै प्रतिगामी तत्वहरुका विरुद्ध गणतन्त्रवादी शक्तिहरु एकजुट हुन विकले आव्हान गर्नु भयो ।

अर्का अतिथि जनजाति सम्मेलनका महासचिव अमरध्वज रानाले जनजातिहरुले आफ्‌ना समस्यालाई ठिकसँग पहिचान गर्न नसक्दा विभिन्न जातिवादी संगठनहरुले जनजाति जनजाति विच मतभेद पैदा गराई आफ्‌नो स्वार्थ अनुसार उनीहरुलाई उपयोग गर्दै आएको बताउनु भयो । जनजाति वा दलित जाति एवं पिछडा वर्गको समस्याको समाधान वर्गिय मुक्ति विना सम्भव नहुने महासचिव रानाको थप भनाई थियो ।

कार्यक्रममा कम्यूनिष्ठ संग्राहलयका अध्यक्ष चेतनाथ आर्चायले पनि मन्तव्य राख्नुभएको थियो ।

राजमो जिल्ला अध्यक्ष टान बहादुर केसी, लुम्बिनी कार्यालय सचिव भिमलाल न्यौंपाने, सहकारी अभियान केन्द्रीय अध्यक्ष गंगा सापकोटा, अखिल नेपाल महिला संघ रुपन्देही जिल्ला समितिबाट कोपिला आचार्य, पाल्पा रुपन्देही सम्पर्क समाजको अध्यक्ष विष्णु श्रीनेत लगायतको आतित्थ्यता रहेको थियो ।

कार्यक्रम दिल प्रसाद नेपालीको अध्यक्षता तथा नागेन्द्रराज श्रीनेतको सञ्चालन र नारायण पुनको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार