बेंगलोर उत्तरमा ऐक्यवद्धता सभा सम्पन्न

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिको आयोजनामा देशमा राजमोले सञ्चालन गरेको ‘गणतन्त्र रक्षाको आन्दोलन’प्रति ऐक्यवद्धता जनाउँदै सभा सम्पन्न गरेको छ ।

नगर समितिका अध्यक्ष ओमबहादुर दाहालको अध्यक्षता र नगर सचिब जयबहादुर विकको सञ्चालनबाट अगाडि बढेको सो सभामाका समाज केन्द्रीय कोषाध्यक्ष मदन शर्माले प्रमुख आतित्थ्यता गर्नुभएको थियो ।

त्यस्तै केन्द्रीय सदस्य नरेश कुमार विक, क्षेत्रीय उपाध्यक्ष दशरथ विक, सदस्य धर्म पहरी, क्षेत्रीय महिला बिभागका सदस्य दुरा पहरी, क्षेत्रीय साँस्कृतिक बिभागका सदस्य रामराज पौडेलको आतिथ्यता रहेको थियो ।

ज्ञात अज्ञात सहिदहरूको सम्मानमा एक मिनट मौनधारणा पछि उपस्थित जनसमुदायलाई नगर समितिका कोषाध्यक्ष तिलक केसी र रक्तिमकाहरूले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मदन शर्माले राजमोले देशब्यापी रूपमा सञ्चालन गरेको गणतन्त्र रक्षाको आन्दोलनको ठूलो महत्वको रहेको बताउनु भयो । साथै शर्माले प्रतिगमीहरूको चलखेलको विरूद्धमा गणतन्त्रबादीहरूको ऐकतावद्धमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नरेश कुमार विक, दसरथ विक, धर्म पहरी, रामराज पौडेल, दुरा पहरी, निर्मला दाहाल, सीता कुँवर, शान्ति परियार, कोषाध्यक्ष रमेशराम विक, दानबहादुर पहरीले मन्तव्य दिनुभएको थियो । कार्यक्रम २५ मई २०२५ का दिन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार