
कटक । हामीले २०८२ जेठ १३ गते जिल्ला रामेछाप, चिसापानी नेपाल निवासी भई हाल ओडीसाको कटक स्थित ओएमपीबाट मगरनी माझी एक महिना अघिबाट लापत्ता भएको समाचार प्रकाशित गरेका थियौं ।
हाम्रो समाचार मार्फत प्रचारप्रसार र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कटक नगर समितिका कार्यकर्ताहरूको खोजबिनको लागि भएको पहलका कारण मगरनी माझी फेला परेकी छिन् ।
आफ्नो श्रीमानको पेन्शन आफ्नो नाममा सोझाउन नेपालबाट कटक आएकी निज महिला ओएसएफसी, ओएमपी ५एस, कटकमा कार्यरत रहि केही बर्ष अघि रिटायरमेंट भएका स्व. माइते बहादुर माझीकी श्रीमती हुन् ।
उनी २१ जुन २०२५ का दिन कटकको औराली भेटिएकी हुन् । उनलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर अध्यक्ष सम्बर माझी, हेमकुमार थापा, सिवकुमार सुतार, सुन्तली माझी लगायतका कार्यकर्ताहरू र आफन्त विर बहादुर माझी, छोरी ज्वाईं कृष्ण बहादुर माझी, भाई मंगल बहादुर माझी, आफन्त विमला थापा, राजेश सेनापति, माधुरी साहु लगायतको रोहवरमा आफन्तहरूको जिम्मा लगाईएको छ ।














