
दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा प्रगतिशिल साँस्कृतिक प्रतियोगिता सम्पन्न भएको छ । हिंजो १३ जुलाई २०२५ काद दिन सम्पन्न सो प्रतियोगिताको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले गर्नुभएको हो ।
उद्घाटन मन्तव्यका दौरानमा पौडेलले साँस्कृतिक प्रतियोगिता केवल प्रतियोगिता मात्रै नभएर प्रगतिशिल साँस्कृतिक क्षेत्रमा कलाकारहरूको जागरुकताको लागि गरिको बताउनु भएको थियो ।

‘हामीले यसभन्दा पहिला सुदुर पश्चिमोत्तर क्षेत्रमा नौवटा टिमहरू बिच प्रतियोगिता सम्पन्न पारेर करिब एकसय जना प्रगतिशिल कलाकारहरू तयार पारेका छौं ।’ पौडेलले भन्नु भयो, ‘अब यस क्षेत्रमा सम्पन्न हुने प्रतियोगिताबाट पनि करिब एकसय जना कलाकारहरूलाई जनवादी आन्दोलनका लागि तयार पार्दैछौं ।’ यहाँ तयार भएका कलाकारहरूले श्रमजिवी वर्गको पक्षमा चल्ने वर्गीय आन्दोलनलाई योगदान पु¥याउने पौडेलको थप भनाई थियो ।
कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार ठाकुर खनाल, युगदर्शन अनलाइनका कार्यकारी सम्पादक धनवीर पुनमगर, कम्यूनिष्ट संग्राहलयका चेतनाथ आचार्य, मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मिना बुढाथोकी, मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगाले, केन्द्रीय सदस्य विक्रम राणा, वेल बहादुर रजाली, मोहन गिरी, ज्ञानप्रसाद शर्मा, कृष्टि राई, बाबुराम विष्ट, तिलक पाण्डे, शेरबहादुर थापा, धनराज गोरखाली, विनबहादुर कुँवर, रामबहादुर गौतम, साँस्कृतिक विभागका पहलसिंह परियार, अखिल भारत नेपाली विद्यार्थी संघकी साँक्षी थापा लगायतको आतित्थ्यता रहेको थियो ।

ज्ञात अज्ञात शहिदहरूको सम्मानमा एक मिनेट मौन श्रद्धाञ्जली अर्पण पछि ओमबहादुर थापाले स्वागत मन्तव्य दिनुभएको थियो । त्यस्तै कलाकारहरूले संयुक्त रुपमा स्वागत गित प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्ष शालिकराम आचार्यले र सञ्चालन शिव केसीले गर्नुभएको थियो ।
सात टिमहरू बचि प्रतिस्पर्धा भएको सो प्रतियोगितमा प्रथम स्थान गुडगाव, द्वितीय स्थान नई दिल्ली, तेश्रो स्थान जयपुर र सान्वना पुरस्कार रोहतकले प्राप्त गरेको थियो । सहभागि सम्पूर्ण टिमहरूलाई प्रमुख अतिथि प्रेम पौडेलले प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै सहभागि टिमहरूलाई पनि प्रमुख अतिथिले नै पुरस्कार प्रदान गर्नुभएको थियो ।

अत्यन्तै रोचक गित तथा नृत्य प्रस्तुतीले सहभागिहरूलाई जनवादी आन्दोलनको पक्षमा योगदान दिन चाहनेहरूको चासो अझै पनि जनतामा कायम रहेको महशुस गर्न सकिन्थ्यो ।


















