मूल प्रवाहद्वारा भोपालमा तिजी सांस्कृतिक कार्यक्रम सम्पन्न

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले तिजको पुर्व सन्ध्यामा तिजी सांस्कृतिक कार्यक्रम सम्पन्न पारेको छ । कार्यक्रमको अध्यक्षता लक्ष्मी रोकाले र सञ्चालन रिना जिसीले गर्नुभएको थियो ।

ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौनश्रद्धाञ्जली पछि रक्तिम सांस्कृतिक कलाकारहरूले प्रगतिशील तथा मौलिकतामा आधारित गीत–संगीतमार्फत र गोमा के.सी.ले मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय समितिका सदस्य ताल बहादुर खड्का, मध्य उत्तर भारत क्षेत्रीय समिति सचिव नारायण सापकोटा, श्रीमती लक्ष्मी राना र महिला विभाग संयोजक लक्ष्मी रोकाले तीज पर्वको सांस्कृतिक महत्वबारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा मूल प्रवाह मध्य उत्तर भारत क्षेत्रीय महिला विभागबाट सोनु थापा, भोपाल नगर समिति अध्यक्ष रमेश राना, पूर्व नगर अध्यक्ष पीताम्बर पुलामी, नगर समिति सदस्य लक्ष्मी राना, सांस्कृतिक विभागका संयोजक अर्जुन जि.एम., त्यस्तै नेपाली समाज भारत महिला समितिबाट गोमा घिमिरे, नेपाली प्रवासी संघ भारत महिला समितिबाट हुमा डुम्रे, श्री पशुपतिनाथ नेपाली समाजबाट पद्मा भुर्तेल, नेपाली जनसम्पर्क समिति भारत महिला समिति इन्दिरा तिमिल्सिना, प्रवासी नेपाली सम्पर्क मंच भारत महिला समितिबाट देवकी अधिकारी लगायतको आतित्थ्यता रहेको थियो ।

कलाकारहरुले बिच–बिचमा तीज गीत र नृत्य प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार