जुम्लाका नेपालीको मूल प्रवाहद्वारा उद्धार

खिमराज चालिसे, (चन्डिगढ)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको हिमाचल राज्यको किन्नौरबाट जुम्लाका रुपचंडे नेपालीको उद्धार गरेको छ ।

रिकांगपिओमा लामो समय देखी उपचाररत नेपालीको २७ अगस्त २०२५ को उद्धार गरि स्वदेश पठाएको हो ।

गत एक महिना देखि जिल्ला अस्पतालमा उपचाररत नेपालीको उद्धारको लागि मूल प्रवाहलाई रिकांगपिओका जिल्ला स्वास्थ्य अधिकारीले आग्रह गरेपछि चन्दा सङ्कलन गरि स्वदेश पठाएको छ ।

नेपाल जुल्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नंं. ३ कणाली प्रदेश स्थाई निवासी नेपालीको लागि क्षेत्रीय सहसचिव मिथुन सिंह, नगर अध्यक्ष गोपालजगं शाही, उपाध्यक्ष निर्मल सिंह, सहसचिव नरेन्द्र, कोषाध्यक्ष प्रकाश, सदस्य ओमप्रकाश र तारा चन्द्रको विशेष पहलमा तत्काल भारु चार हजार सहयोग सङ्कलन गरि स्वदेश पठाएको क्षेत्रीय सहसचिव मिथुन सिंहले जानकारी दिनु भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार