स्मृतिशेष विक्की परियारको सम्मानमा शोकसभा सभा सम्पन्न

धर्म सुनार/रोहतक ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिका कोषाध्यक्ष स्मृतिशेष विक्की परियार (योग बहादुर दर्जी)को सम्मानमा शोकसभा सम्पन्न गरिएकाो छ ।

विक्कीले लामो समय अनुसासितपूर्वक मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संगठनमा दिएको योगदानको सम्मान गर्दै शोकसभा सम्पन्न गरिएको हो ।

नगर अध्यक्ष सुभाष गौतमको अध्यक्षतामा र धर्म सुनारको सञ्चालन अगाडि बढेको सो शोक सभामा एक मिनेट मौनधारण पछि मूल प्रवाह केन्द्रीय सदस्य बिक्रम सिंह राणा, पश्चिम उत्तर क्षेत्रीय अध्यक्ष सालिकराम आचार्य, क्षेत्रीय सदस्य रेसम बिकले उहाँको पार्थिव शरीरमा मूल प्रवाहको झण्डा ओढाएर फुलमाला लगाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

त्यस्तै बलबहादुर बिक, उषा बिक, कमला गौतम, संतराम बिक, खेमबहादुर कुमाल, गणेश गौतम,दिपक परियार साथै नगर एरिया टोल र बिभागका नेता कार्यकर्ताहरूले अबिर माला लगाएर अन्तिम बिदाई गर्नुभएको थियो ।

परियारको दिसम्बर १८, २०२५ का दिन रोहतक पिजीआईमा उपचारको क्रममा निधन भएको थियो । उहाँ ४७ बर्षको हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार