दश रुपैयाँको फूलको मालामा आफ्नो विचार लिलाम् !

आदरणिय पाठक मित्रहरू नमस्कार,

यो भन्दा पहिला पनि मेरा धेरै लेख रचना पढि सक्नु भएको छ । मेरा विचारहरू र लेखन शैली वा प्रस्तुतिको मौलिकतालाई मन पराएर लाइक कमेन्ट शेयरको वर्षात गरिदिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु । यसो त म कुनै लेखक पत्रकार प्रशिक्षक होइन, राजनीतिज्ञ झन हुँदै होइन । म मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सामान्य कार्यकर्ता मात्रै हो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको साधारण सदस्य बने पछि पहिलो पटक विधान र घोषणा पत्र अध्ययन गरें । त्यसपछि सुरु भएको अध्ययनको पाठशालाबाट जे–जे सिके त्यसैलाई आधार बनाएर विचार व्यक्त गर्ने गरेको छु । आज पनि त्यही आधारमा हाम्रा अगाडि देखापरेको राजनैतिक घटनाक्रमको चित्रलाई शब्दमा उतार्ने जमर्को गरेको छु । यहाँहरुको नजरले नियालेर हेर्नु हुनेछ । कस्तो लाग्छ जस्ताको त्यस्तै कमेन्ट गर्नु हुनेछ भन्ने आशा लिएको छु ताकि तपाईहरुको रोचक घोचक मसालेदार आलोचनाले आगामी दिनमा ममा भएका त्रुटि कमीकमजोरी सुधार गर्न सहयोग मिलोस् ।

आज मसँग बोलिरहेको साथी मलाई क्रान्तिकारी लाग्न सक्छ । किनकी बोलीमा यति धेरै मिठास हुन्छन् कि यस्तो लाग्छ हामी अघिल्लो सात पुस्ताको जुनिजुनिसम्म पनि एउटै पार्टी र विचारमा अडिग र अटल हुनेछौं तर हकिकतमा त्यस्तो हुँदैन । मौसम परिवर्तसँगै ऊ कतिबेला आफ्नो विचारलाई दश रुपैयाँको फूलको मालामा बेची सकेको हुन्छ थाहै हुँदैन । यस्तो किन हुन्छ त ? यस विषयमा म हजुरहरुसँग थोरै चर्चा गर्नेछु ।

हामीलाई थाहा छ, क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यकर्ता बनेर क्रियाशील रहन सजिलो छैन । अनुशासनमा बस्न र वैचारिक राजनैतिक स्तर उठाउन अनि पार्टी लाइनमा अडिग रहन कडा परिश्रम र त्यागको खाँचो पर्दछ । पार्टीको अर्धभुमिगत प्रणाली, लेनिनवादी संगठनात्मक संरचना, अनुशासन र गोपनीयताको ज्ञान हुन अनिवार्य छ । किनकी हामी कम्युनिस्ट पार्टीमा लागेको कांग्रेसमा प्रवेश गर्नको लागि होइन, एमाले माओवादीमा जानको लागि होइन । हाम्रो उद्देश्य त समतामूलक समाजको निर्माणमा क्रान्तिकारी योगदान दिनु हो । हामी कसरी दश रुपैयाँको फूलको मालामा आफ्नो इमान र विचार लिलामी गर्न सक्छौं । हामीले संगठनमा काम गर्दा कहिलै पदको माग गरेनौं, कामको जिम्मा रोजेनौ, जति सकिन्छ पार्टीले दिएको जिम्मवारी इमान्दारीपूर्वक निभाउने प्रयत्न गर्यौ । हामीले बुझेका छौं, पार्टी कसैको मर्जीले चल्दैन, आफूले भनेको कुरा सबै पास हुन्छ र लागु हुन्छ भन्ने पनि होइन, पार्टी चलाउने आफ्नै पद्धति सिस्टम प्रणाली छ ।

पार्टीको सर्वोच्च अंग महाधिबेसन सम्मेलन हो । महाधिवेशनको अधिनस्त केन्द्रिय समिति पीवीएम रहन्छ, त्यसको मातहतमा क्रमश प्रादेशिक समिति, जिल्ला समिति, क्षेत्रीय ब्युरो र नगर गाउँपालिका टोल समिति र पार्टीको नीति निर्देशनमा सम्पूर्ण जनवर्गीय संगठन चल्छन् । सबै पार्टी सदस्यले आफ्नो समितिको दायरा भित्र बसेर काम गर्नु पर्ने हुन्छ । सार्वजनिक वा अन्य सम्बधित समिति व्यक्तिसँग पार्टी नीति सिद्धान्त विचार वा नेतृत्वको कुरा गर्न लेख्न बोल्न मिल्दैन । म पार्टीको मान्छे हो भनेर भन्नसम्म मिल्दैन । जो जसले विभिन्न प्रकारका अनलाईन मिडिया, प्रिन्ट मीडियामा पार्टी नीति सिद्धान्त विचार विरुद्ध जुन प्रकारको हौवा फैलाएका छन्, तिनीहरू पार्टीका मान्छे हुनै सक्दैनन्, तिनै मान्छेहरू दश रुपैयाँको मालामा आफ्नो राजनैतिक जीवनको लिलामी गर्दै हिड्छन् । तिनीहरूलाई विरोधीहरूले मसला बनाएर मसालबाट आएको भनेर तिलको पहाड बनाउँछन् । यथार्थमा तिनीहरू मसाल नै थिएनन् । मसालमा कम्युनिस्ट बनेकाहरु पार्टीलाई क्रान्तिलाई आबस्यक परे ज्यानको आहुति दिने कसम खाएका हुन्छन् । दश रुपैयाँको फूलको मालामा आफ्नो विचार लिलाम गर्दैनन् । माक्र्सबाद–लेनिनवाद–माओ विचारधारा –जिन्दाबाद ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार