अभावले विश्वमा ख्याति पाएका व्यक्तिहरु

हामी कहाँ औपचारिक शिक्षाबाट मात्रै विश्वविख्यात बनिन्छ भन्ने भ्रम रहँदै आएको छ। त्यसै कारण हामी औपचारिक र कोरा शिक्षामा जोड दिन्छौं। तर, व्यवहारमा कुनै मतलव गर्दैनौं।

साधना, सङ्घर्ष र व्यवहार नै त्यस्तो शक्ति हो, जसले औपचारिक शिक्षा नलिनेहरु पनि जीवनमा अब्बल बन्न सक्छन्। विश्वका धेरै वैज्ञानिकहरु, जो औपचारिक शिक्षामा कमजोर थिए। तर, उनीहरुले ठूलठूला आविस्कार र अन्वेषणमा सफलता हासिल गरे।

हामी यहाँ केही विश्वविख्यात व्यक्तिहरुको चर्चा गर्दैछौं, जो विद्यालय शिक्षामा कमजोर थिए। तर प्रतिभा र ख्यातिमा अब्बल। आउनुस्, हामी पनि उनीहरुको सफलताबाट प्रेरणा लिउँ, केही सिकौं।

कार्ल मार्क्सः मार्क्सवादका प्रणेता मार्क्स गरीब परिवारमा जन्मिएका थिए। उनले प्रतिपादन गरेको वर्गसङ्घर्ष र अतिरिक्त मूल्यको सिद्धान्त अकाट्य सावित भएको छ। तर, तिनै मार्क्सकी छोरी गरीबीका कारण मरेकी थिइन्। कात्रो किन्ने पैसा नभएर मार्क्सले छोरीलाई कोटले बेरेर अन्तेष्टि गरेका थिए।

अल्वर्ट आइन्स्टाइनः वैज्ञानिक आइन्स्टाइनलाई भौतिक विज्ञानका पिता मानिन्छ। उनी २० औं शताब्दीका सर्वश्रेष्ठ वैज्ञानिक हुन्। तर, उनी मन्दवुद्धिका थिए। अन्ततः उनी विश्वविख्यात वैज्ञानिक बने।

एडोल्फ हिटलरः जर्मन तानाशाह हिटलर अत्यन्तै गरीब परिवारमा जन्मिएका थिए। गरीबीकै कारण उनकी आमा हिटलरलाई गर्भमा तुहाउन चाहन्थिन्। युवा अवस्थामा हिटलर बरालिँदै हिंड्थे। अन्ततः तिनै हिटलर विश्व शक्ति जर्मनीका शासक बने।

अब्राहम लिङ्कनः अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति हुन् अब्राहम लिङ्कन। तर, उनी दाउरेका छोरा थिए। उनको परिवारमा चरम गरीबी थियो। तिनै दाउरेका छोरा अब्राहम लिङ्कन अमेरिकाका राष्ट्रपति बने।

विस्टन चर्चिलः चर्चिल बेलायतका प्रधानमन्त्री हुन्। तर, राजनीतिमा आउनुपूर्व उनी बेलायती सेनामा कार्यरत थिए। बेलायती सेनाका सामान्य जवान चर्चिल अन्ततः देशकै चर्चित प्रधानमन्त्री बने।

रजनीकान्तः रजनीकान्त एक खलासी थिए। खलासीको काम गर्दागर्दै रजनीकान्त विश्वविख्यात सुपरस्टार बने।

एल्विस प्रिस्लेः उनी सुरुमा सवारी चालक थिए। सवारी चलाउँदै गर्दा उनले गायनमा हात हाले। पछि ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने।

स्टिभ जब्स्ः उनी सुरुमा कवाडीको काम गर्थे। उनले कहिल्यै सोचेनन् कि म खर्बौंको मालिक बन्नेछु। अन्ततः कवाडीको काम गर्दागर्दै स्टिभ जब्स् एप्पलका मालिक बने।

लियोनल मेस्सीः फुटबलका बादशाह मेस्सी सुरुमा होटमा वेटरको काम गर्थे। वेटरको काम गर्दागर्दै लियोनल मेस्सी विश्वकै धनी र चर्चित फुटबल प्लेअर बने।

डा. विकासानन्दः सानैमा उनी चोरी गर्दै हिड्थे। क्रमशः उनी आध्यात्मिक चिन्तनतिर तानिए। अन्ततः विकासानन्द प्रख्यात धार्मिक गुरू र चिन्तक बने।

थोमस एडिसनः आफ्नै नाम बिर्सने वैज्ञानिक हुन् उनी। सुरुमा उनी घर–घरमा साग बेच्दै हिंड्थे। साग बेच्दै हिड्ने थोमस एडिसन प्रसिद्ध वैज्ञानिक बने।

चार्ली चाप्लिनः बेलायतमा जन्मिएका उनी सुरुमा भीख माग्दै हिंड्थे। तिनै भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने।

पुष्कर शाहः नेपाली नागरिक पुष्कर शाहले साइकल लिएर विश्व घुमेका छन्। उनले साइकलयात्रीका रुपमा गिनिज बुकमा समेत नाम लेखाएका छन्। उनी सुरुमा २ रुपैंयाँ लिएर घरबाट निस्केका थिए।

बिल गेट्स्ः कुनै बेला संसारकै पहिलो धनी मानिने बिल गेट्स् अहिले विश्वका दोस्रो धनी व्यक्ति हुन्। गेट्सले बीचमै कलेज छोडेका थिए। कलेज छोडेका विल गेट्स अन्ततः विश्वकै धनी व्यक्ति बने।

मार्क जुकरवर्गः जुकरवर्ग विद्यालय र कलेजमा अब्बल विद्यार्थी थिएनन्। उनको स्मरण शक्ति र ज्ञान सामान्य मात्र थियो। तर, कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसबुकका मालिक बने।

रवीन्द्रनाथ टैगोरः टैगोर विश्वविख्यात कवि हुन्। तर, उनी एसएलसी परीक्षामा सातपटक अनुत्तीर्ण भए। सातपटक एसएलसी फेल भएका टैगोर अन्ततः विख्यात कवि बने।

अमिताभ बच्चनः बाल्यकालमा बच्चनलाई लम्बु भनेर हेप्ने गरिन्छ। किनकि, उनी सरदारभन्दा अग्ला थिए। उनलाई हेयका दृष्टिले समेत हेरिन्थ्यो। तर, लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने।

म्याक्सिम गोर्कीः रुसका प्रगतिवादी लेखक सुरुमा घरेलु नोकर थिए। उनले त्यसबाट विद्रोह गरेर साहित्यमा कलम चलाएका थिए। तर, तिनै गोर्की विश्वविख्यात लेखक बने। उनको आमा उपन्यास आज पनि विश्वमा उत्तिकै चर्चित छ।

धिरुभाइ अम्बानीः अम्बानी भारतकै सर्वाधिक धनाढ्य व्यक्ति हुन्। उनले पेट्रोल पम्पमा तेल बेच्ने काम गर्दथे। सङ्घर्षकै कारण तिनै धिरूभाइ अम्बानी भारतकै धनाढ्य बने।

झमक घिमिरेः मदन पुरस्कार बिजेता झमक घिमिरे जीवन काँडा कि फूल ? कि लेखक हुन्। तर, उनका हातले काम गर्दैनन्। खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन्।

होमरः साहित्यकार होमर अन्धा थिए। तर, अन्धो भए पनि उनी जीवनमा कहिल्यै निरास भएनन्। उनले साहित्यमा कलम चलाइरहे। अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसीजस्ता महाकाव्य लेखे।

स्टिफन हकिङः हकिङ अपाङ्ग थिए। तर, उनी विज्ञान र अनुसन्धानमा सधैं सक्रिय रहे। २१ औं शताब्दीका महान् वैज्ञानिक थिए हकिङ। तिनै कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले।

मोजर्टः उनी विश्वप्रख्यात संगीतकार हुन्। तर, मोजर्टको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो। तर, गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने।

माइकल फाराडेः फाराडे विश्वविख्यात वैज्ञानिक हुन्। तर, उनले लामो समय सामान्य पुस्तक पसलमा काम गरे। दैनिक जीवन धान्नकै लागि पुस्तक पसलमा काम गर्ने माइकल फराडे वैज्ञानिक बने।

लियो टोल्सटोयः उनी विश्वविख्यात साहित्यकार हुन्। उनका कृतिहरुले आज पनि विश्व बजारमा उत्तिकै प्रभूत्व जमाएका छन्। तर, उनी कलेज छोडेर हिडेका थिए। कलेज छोडेर हिडेका तिनै टोल्सटोय टप टेन साहित्यकार बने।

जोन डी रकेफेलरः उनी कहिल्यै स्कूलमा भर्ना भएनन्। औपचारिक शिक्षाका दृष्टिले रकेफेलर निरक्षर थिए। स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी व्यक्ति बने।

महात्मा गान्धीः अहिंसाका मानक गान्धी एसएलसी परीक्षामा बल्लतल्ल तेस्रो श्रेणीमा पास भएका थिए। उनलाई मन्द वुद्धिका विद्यार्थी भनिन्थ्यो। तर, तिनै गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका नायक र अहिंसावादी आन्दोलनमा पिता भए।

एड्यु कारनेगीः उनी अत्यन्तै बिपन्न परिवारमा जन्मिएका थिए। तर, उनमा विजनेशको भोक जाग्यो। उनी तीन डलर बोकेर घर छोडेर हिंडे। तिनै एड्यु कारनेगी अन्ततः विश्वकै धनाढ्य व्यक्ति बने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार