अमेरिकालाई चीनको चेतावनी : अमेरिकाले चाहेजस्तो युद्धको लागि चीन तयार छ

बेइजिङ : डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले चीन सबै प्रकारको युद्धको लागि तयार रहेको बताएको छ।

चिनियाँ दूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ, ‘चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौं।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारदेखि चीनमाथि १०% नयाँ कर लगाउने घोषणा गरेका छन्। यसअघि पनि फेब्रुअरीको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १०% कर लगाएका थिए।

केही दिन भित्रै अमेरिकाले चिनियाँ सामानहरूमा कुल २०% लेवी (कर) लगाएको छ।

ट्रम्पको कदम लगत्तै मंगलबार चीनले पनि अमेरिकाबाट चीन आउने धेरै कृषि उत्पादनहरूमा फेब्रुअरीमा जस्तै १० देखि १५% सम्मको भन्सार शुल्क लगाएको छ।

चीन अमेरिकी मकै, गहुँ र भटमास जस्ता धेरै उत्पादनहरूको सबैभन्दा ठूलो बजार हो। बीबीसी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार