सर्बियाको संसद्‌भित्र झडप, सांसदहरूले नै प्रहार गरे ‘स्मोक बम’

सर्बियाको संसद्‌मा विपक्षी सांसदहरूले मङ्गलवार संसद्‌भित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि कोलाहल भयो।

टीभीमा संसद्‌को बैठकको प्रत्यक्ष प्रसारण भएको थियो। त्यसमा सांसदहरू र सुरक्षाकर्मीबीच झडप भएको देखियो। विपक्षी सांसदहरूले विद्यार्थीहरूले केही महिनादेखि गर्दै आएको विरोधप्रदर्शनको समर्थन गर्न खोजेका थिए।

चार महिनाअघि एउटा रेल स्टेशनको छाना खसेर १५ जनाको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन्। उनीहरूले देशमा भ्रष्टाचार बढेको भन्दै सरकारलाई चुनौती दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार