
काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका पूर्वअध्यक्ष प्रेम केसीको निधन भएको छ । लामो समयदेखि पक्षघात रोगबाट पीडित केसीको अमेरिका निधन भएको मूल प्रवाहले जनाएको छ ।
बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा न १० राङ्खानी दोभान स्थायी ठेगाना भएका केसी पछिल्लो समय भारतको हैदरावादमा बसोबास गर्दै आउनुभएको थियो । केसी लामो समयसम्म मध्य दक्षिण क्षेत्रीय समितिको अध्यक्ष र केन्द्रीय समितिको सदस्य रहनुभएको थियो ।
यसै बीच केन्द्रीय अध्यक्ष ठाकुर खनालले एक प्रेस वक्तव्य जारी गरि शोक प्रकट गर्नुभएको छ । खनालले मृतकप्रति भावपूणर् श्रद्धान्जली प्रकट गर्नुका साथै शोकसन्तप्त परिजनमा परि गहिरो समवेदना प्रकट गर्नु भएको छ । उहाँको निधनले मूल प्रवाहलाई अपूरणीय क्षति पुगेको समाजका अध्यक्ष खनालले बताउनु भएको छ ।
त्यस्तै मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले पनि शोक वक्तव्य जारि गर्नुभएको छ ।
यस्तो छ शोक वक्तव्य
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिका पूर्वअध्यक्ष प्रेम केसीको निधनको खबरले हामी स्तब्ध भएका छौँ । उहाँ विगत लामो समयदेखि पक्षघात (प्यारालाइसिस) रोगबाट पीडित हुनुन्थ्यो । कान्छो छोरा अमेरिकामा भएकोले केही समय पहिलादेखि अमेरिका मै हुनुन्थ्यो । तर, आज दिनान्क 13/6/22 को विहान उहाँको निधन हुन पुगेको छ।
उहाँले यस मध्य दक्षिण क्षेत्र भित्र रहेर नेपाली हरुका हरेक समस्या लाई लियर उनीहरुको हक हितको लागि संगठनमा निरन्तर खटिँदै आएको सच्चा, इमानदार र कर्मठ नेता हुनुन्थ्यो । उहाँको निधनले हाम्रो सङ्ठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति मात्रै होइन सिङ्गो संगठनलाई नै अपुरणीय क्षति भएको छ ।
उहाँको घर बाग्लुङ जिल्ला जैमिनी नगरपालिका वडा न १० राङ्खानी दोभान हो र अहिले हैदरावादमा नै बसोबास गर्दै आउनुभएको थियो ।उहाँले श्रीमती, दुई छोरा, छोरी नाति नातिना हरुलाई छाडेर जानुभएको छ । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्दै अघि बढ्ने आँट र साहस र हिम्मत मिलोस् भन्दै प्रेम केसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।














