एसपीपी स्वीकार गरे नेपाल युक्रेन हुन सक्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एसपीपी सम्झौतालाई दृढतापूर्वक अस्वीकार गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले एसपीपी सम्झौताले देशको राष्ट्रियता र सार्वभौमिकतामा खतरा उत्पन्न गर्ने भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले अमेरिकी दुतावासले एसपीपी सम्झौता पहिले नै भइसकेको भनेर विज्ञप्ती निकालेको र नेपाली सेनाले सो विज्ञप्तिको खण्डन गरेको उल्लेख गर्दै उहाँले यस सम्बन्धमा प्रधानमन्त्रीले आधिकारिक कुरा स्पष्ट पार्नुपर्ने बताउनु भयो ।

उहाँले एसपीपी इण्डोप्यासिफिक रणनीतिको अंग भएकाले त्यसमा नेपाल गएमा अमेरिका र चीनको द्वन्द्वमा नेपाल फस्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एसपीपी देशका लागि गम्भीर प्रश्न बनेको छ । त्यसबाट देशको राष्ट्रियता, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीति समेतका लागि गम्भीर खतरा उत्पन्न भएको छ । त्यसकारण यसलाई अस्वीकार गरेर जानुपर्छ भन्ने कुरामा विशेष जोड दिन चाहन्छु । दुतावासले पहिले नै सम्झौता भएकाले त्यसमा अब थप सम्झौताको आवश्यकता नभएको बताएको छ, सेनाले अमेरिका दुतावासको दाबीलाई खण्डन गरको छ ।

प्रधानमन्त्रीले स्पष्टीकरण दिनुहुन अनुरोध छ । एसपीपी पनि इण्डोप्यासिफिक रणनीतिको अंग हो । एसपीपीमा समर्थन गर्नु भनेको सैन्य क्याम्पमा फस्ने, नेपाल अमेरिका र चीनको द्वन्द्वमा फस्ने स्थिति हुन्छ ।’ उहाँले एसपीपी सम्झौता गरिए नेपाल युक्रेनको स्थितिमा पुग्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार