मूल प्रवाह सांस्कृतिक विभाग केन्द्रीय सदस्य महरको निधन

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समितिका संस्थापक सदस्य तथा रक्तिम सांस्कृतिक विभागका केन्द्रीय सदस्य राजकुमार महरको निधन भएको छ । ५१ वर्षीय महरको भारतको हिमाचल राज्यको सोलनमा निधन भएको हो ।

सन १९९१ मा गठित सोलन नगर समितिका संस्थापक सदस्यसमेत रहेका नेता महर संगठनले दिएका विभिन्न जिम्मेवारी निभाउँदै हाल नगर सचिव, राज्य समिती सल्लाहकार तथा रक्तिम सांस्कृतिक विभाग केन्द्रीय सदस्यलगाएतका जिम्मेवारीमा सक्रिय हुनुहुन्थ्यो ।

महरको २२ जुनमा सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । उहाँको पार्थीव शरीरमा केन्द्रीय सदस्य एवं राज्य समितिका अध्यक्ष शोभाखर पंथ र नगर अध्यक्ष रतन केसीले मूल प्रवाहको झन्डा ओडाएर सम्मान गर्नुभएको थियो ।

त्यस क्रममा आयोजित शोकसभामा केन्द्रीय सदस्य सोवाखर पंथले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो भने महरको सम्मानमा दुई मिनेट मौन धारण गरिएको नगर सचिव भुवन केसीले जानकारी दिनुभयो ।

शोकसभा नगर अध्यक्ष रतन केसीको अध्यक्षता तथा केन्द्रीय सदस्य नेत्र गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार