राजमो सुदूरपश्चिम-काठमाडौं सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा भिष्म जोशी

काठमाडौं । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम काठमाडौं सम्पर्क समितिको अध्यक्षमा भिष्म जोशी चयन हुनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित भेलाले जोशीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ईन्द्र कँडेल (कैलाली), सचिव विद्यानाथ अधिकारी (कञ्चनपुर), सहसचिव प्रकाश खड्का (डोटी) र कोषाध्यक्ष लक्ष्मी न्यौपाने (कैलाली) चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा भुवन भट्ट (डडेल्धुरा), भरत अवस्थी (बैतडी), श्यामराज जोशी (कञ्चनपुर), विपिन चौधरी (कञ्चनपुर), अञ्जना चौधरी (कञ्चनपुर), तिलकराज जोशी (बैतडी), विष्णु न्यौपाने (कैलाली), संगिन बलायर (डोटी) र रुपा चौधरी (कञ्चनपुर) चयन हुनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले काठमाडौंमा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका लागि आउने सुदूरपश्चिमेलीहरुको भावनात्मक सम्बन्ध रहने गरेको बताउनुभयो । यसखाले भावनात्मक सम्बन्धलाई सही राजनीति, विचार र दृष्टिकोणका आधारमा संगठित हुँदै आफ्नो क्षेत्रको विकास तथा समाज परिवर्तनका लागि संगठित हुनुपर्ने बताउनुभयो ।

‘सुदूरपश्चिममा हजारौँको संख्यामा सुदूरपश्चिमेलीहरु विभिन्न पेशा व्यवसायमा संलग्न छन् । उनीहरुबीचको भावनात्मक सम्बन्धलाई संगठित गर्दै सही राजनीति, विचार र दृष्टिकोणमा ढाल्नु आवश्यक छ’ महासचिव भट्टले भन्नुभयो, ‘यसखाले सम्पर्क समितिले विभिन्न समस्यामा परेकालाई सहयोग गर्ने, चुनावमा महत्वपूर्ण भूमिका खेल्ने तथा आफ्नो क्षेत्रको विकास निर्माणमा मद्दत गर्ने र मूल कुरा पार्टीको क्रान्तिकारी नीतिलाई जनताका माझमा लैजान सकिन्छ ।’

राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय, कपनमा भएको भेलामा सुदूरपश्चिमबाट काठमाडौं आएर विभिन्न पेशा, व्यवसाय तथा अध्ययनमा रहेका पार्टी निकट व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य राजेश विकको समेत आतिथ्यता रहेको थियो ।

आजै काठमाडौं–बागलुङ सम्पर्क समितिको समेत भेला सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार