बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चा बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल चयन हुनुभएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०७९ असार ११ गते राजमो केन्द्रीय कार्यालय कपन ज्योतिनगरमा सम्पन्न भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दिवाकर सुवेदी, सचिवमा डम्बर कार्की, सहसचिवमा जीवन पाण्डे र कोषाध्यक्षमा सुरेश पौडेल रहनुभएको छ ।

त्यस्तै, सचिवालय सदस्यमा दामोदर पाण्डे, ऋतु केसी तथा सदस्यहरूमा भैगराज शर्मा, यमसेन पुन, हिरा रोकाक्षेत्री, हेमराज आश्रम, सन्देश थापा, सुरज गौतम, हिरा केसी, प्रेम भण्डारी, मदन भुसाल, ललित केसी, माया पुन र लेखनाथ शर्मा रहनुभएको छ । सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।

त्यसैगरी भेलाले आनन्दराज शर्मा, मीना पुन, घनश्याम न्यौपाने, निमबहादुर बुढा, लक्ष्मी केसी, मनबहादुर खत्री र किस्मतराज भण्डारीलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार