प्रवासी नेपालीलाई आउँदो निर्वाचनमै मतदानको व्यवस्था मिलाउन पौडेलको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनु भएको छ ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन ऐन नै बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आउँदो निर्वाचनमै मतदान गर्न पाउनेगरी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रवासी नेपालीहरुलाई मतदानको अधिकार दिनको निम्ति सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ । त्यसको निम्ति ऐन नै बनाएर जानुपर्ने आवश्यकता देखिन्छ । सर्वोच्चले निर्देशनात्मक आदेश दिएको तर आदेश कार्यान्वयन अहिले सम्म कार्यान्वयन भएको छैन । आगामी निर्वाचनमा प्रवासी नेपालीलाई सरकारले व्यवस्था गरेर जानुपर्छ भन्ने हाम्रो सरकारसँग गम्भीर माग छ । प्रत्यक्ष निर्वाचनतर्फ मतदानको अधिकार र समानुपातिकतर्फ मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

उहाँले संसदमा महिलाहरुको प्रतिनिधित्व बढाउनका लागि महिलाहरुको छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार