जनप्रतिनिधिले अनुशासनहीन कार्य गरे निर्ममता पूर्वक कार्वाही हुन्छ : जनमोर्चा

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले जनमोर्चाको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई अनुशासनहीन कार्य नगर्न निर्देशन दिएको छ ।

राष्ट्रिय जनमोर्चा बागलुङले आईतबार आयोजना गरेको स्थानीय तहको निर्वाचन २०७९बाट निर्वाचित जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिलाई यस्तो निर्देशन दिएको हो ।

नव निर्वाचित जनप्रतिनिधिहरुले नेपालको कानुन् विपरित हुने कुनै गतिविधिमा संलग्न भए निर्ममतापूर्वक कार्वाही गरिने बताएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गानाले जनताको अपेक्षा बढि भएको उल्लेख गर्दै प्रभावकारी रुपमा कार्य सम्पादन गर्न सुझाए ।

अखिल नेपाल बुद्धिजीवि संघका केन्द्रिय सदस्य काजी गाउँले श्रेष्ठले ईमानदारिताका साथ कार्य सम्पादन गर्न नव निर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरे ।

राष्ट्रिय जनमोर्चाका नेता तथा जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुनले जनताको ईच्छा र आकाँक्षा पूरा गर्न अनुशासनपूर्वक प्रयत्न गर्नु पर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश साँसद खिम विक्रम शाही, पियारी थापा, काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापा, बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वन, राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी, अखिल नेपाल महिला सँघका केन्द्रिय उपाध्यक्ष लक्ष्मी बासकोटा, प्रगतिशिल पत्रकार सँघ बगालुङका सचिव विजय रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष धर्म कुँवर र सञ्चालन सचिव भीमलाल पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार