हामी संघीयता खारेज गछौंः गोकुल बास्कोटा

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रदेश सरकारको काम नभएककोले गर्दा खारेज गर्नुपर्ने बताएका छन्।

संघीयता खारेज गरेर बरु स्थानीयर सरकारलाई बलियो बनाउनु पर्ने र यदि आफ्नो पार्टीको बहुमत आएमा संघीयता नै खारेज गर्ने समेत उनले बताए ।

कांग्रेसको सरकारले केही काम नगर्ने, सत्ताको लागि मात्र लोभिएको प्रचण्ड र माधव नेपाल कांग्रेसको खेताला भएर हिडेको र आफु संघीयताको विरोधी भएको र समावेशीको पक्षधार भएकाले यो देश नेपालमा एमालेसँग लडन सक्ने पार्टी नै नभएको उनले बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसको पुच्छर भएर हिडेकाले वाम पन्थीहरुको हैसियत कमजोर हुदै जान, माधब–प्रचण्ड दुबै कम्युनिष्ट नभएकोले नेपाली कांग्रेसमा प्रवेश गरे हुने, उनीहरु एक्लै चुनावमा जान नसक्ने उनले बताए ।

अहिले नै वाम पन्थी एकता नहुने, राजनीतिमा स्वार्थ हुने, प्रचण्ड–माधबलाई चाहिएपछि आफैं आउने भएकाले आफुहरुलाई वास्ता नभएको बताए ।

नेपालमा नेकपा एमाले र नेपाली कांग्रेस दुई वटा राजनीति शक्ति भएको, नेपाललाई अमेरिकासँगको सम्बन्ध राम्रो चाहिने तर कुनैपनि सैनिक गठबन्धन गर्न नहुने उनले बताए ।

अब ‘ एनजीओ’हरुले अदालत र संसद चलाउने सरकार रमिता हेरेर बस्ने र कांग्रेस उपभोक्ता पाटी भएको ४६ साल अगाडी कांग्रेस वाम पन्थी थियो भने अहिले नयाँ राणा भएको उनले बताएका छन् ।

प्रचण्डले ‘एमसीसी’मा देश जोगाउनको लागि भोट नहालेको भन्दा छाला जोगाउनको लागि भोट हालेको र अझै पनि सरकारबाट ‘एसपीपी ब्याक’ नभएको उनले बताए ।

योहो टेलिभिजनको कार्यक्रम ‘बहस’मा पत्रकार जिबराम भण्डारीसँगको कुराकानीमा उनले भने– ‘कांग्रेस सित त सिधै हाम्रो टक्कर छ नि ! त्यो सम्भव नै छैन् । नेपाली कांग्रेस र नेकपा एमालेले आउने चुनावमा एउटा क्षेत्रमा पनि मिलेन चुनाव लड्दैन। संघ वा प्रदेश जे सुकै होस् कोही लड्दैन । लडनै मिल्दैन, किन हामी सरकार बनाउन कोशिस गछौं ? उनीहरु पनि त्यही चाहान्छन, भने पछि कांग्रेससँग कसरी निकट हुन्छ र ? निर्वाचनमा विचार, सिद्धान्त, संगठनमा, नेतृत्व र दुष्टिकोणमा केही कुरामा नि हामी कांग्रेसलाई नेता मान्दैनौं । हामी नेता हौं क्या नेपाली समाजको।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार