मूल प्रवाहको छवि अराजक र महत्वकांक्षीहरुले धुमिल पार्ने कोशिस असफल भएको छ : केसी

चेन्नई, २३ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलनको उद्घाटन समारोह तामिलनाडु राज्यको राजधानी चेन्नईमा सम्पन्न भएको छ । सम्मेलनको घोषणा सभा अजा २४ जुलाई २०२२ का दिन सु–सम्पन्न हुने छ ।

प्रमुख अतिथि राजमो अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले दिप प्रज्वलन गरि तलिको गडगडाहट बिच दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनको उद्घाटन गर्नुभएको हो । उद्घाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष केसीले अहिले देशको राष्ट्रियता गम्भीर अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले प्रतिनिधिसभाबाट पास गरिएको नागरिकता विधेयकले अब नेपालमा नेपाली नै अल्पमतमा पर्ने अवस्था आएको बताउनुभयो । लाखौँ भारतीयलाई बंशजको नेपाली नागकिरता दिने गरी नागरिकता विधेयक ल्याइएको भन्दै उहाँले यसले देशलाई फिजी हुँदै सिक्किमीकरण गर्ने खतरा रहेको बताउनुभयो ।

‘देशको राष्ट्रियता भन्दा पनि सत्तालाई केन्द्र विन्दुमा राखेर सत्तासिन राजनीतिक दलहरुले नागरिकता विधेयक पारित गरेका छन् ।’ केसीले उद्घाटन मन्तव्यमा भन्नु भयो– ‘जन्मको आधारमा नागरिकता दिनाले देश अब छिट्टै सिक्किमीकरणमा जाने सम्भावना बढेको छ ।’ केसीले नागरिकता विधेयक कै कारण देशको राष्ट्रियता झनै कम्जोर भएको बताउनु भयो ।

‘विभिन्न समयमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राष्ट्रियता तथा जनतन्त्रको सवालमा खेल्दै आएको महत्वपूर्ण रहेकोले छ । जति जतिवेला देशमा राजनीतिक, आर्थिक एवं राष्ट्रियता खतरामा पर्यो त्यतित्यतिवेला मूल प्रवाहले भारतबाट खबरदारी गरेको छ ।’ केसीले भन्नु भयो– ‘अहिले कतिपय अराजक तथा महत्वकांक्षी तत्वहरुले मूल प्रवाहको छवि धुमिल पार्न खोजे पनि उनीहरुको त्यो कोशिस असफल भैसकेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै राजमो नेता आनन्द शर्माले लोकतन्त्र र राष्ट्रियताको आन्दोलनमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहने गरेको भन्दै राष्ट्रियता रक्षाका लागि स्वदेश विदेश सबैतिर बस्ने नेपाली जाग्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीले लिएको राष्ट्रियता, लोकतन्त्र र जनजीवीकाप्रतिको अडानका कारण पार्टीलाई कमजोर बनाउन लगातार साम्राज्यवादी तत्वहरु लागिरहने र पार्टीभित्रकै कतिपय व्यक्तिहरु त्यसमा प्रयोग हुने गरेको बताउनुभयो । अहिले पनि पार्टीकै नाममा कतिपय स्थानमा भेला राखेर भ्रम छर्न खोजिएको उहाँले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा मूल प्रवाह  केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय सदस्य भगवती कुँवर लगायतका अतिथिहरुले शुभकामना मन्तब्य दिनुभएको थियो ।

चन्द्र बहादुर थापाको अध्यक्षता र धर्मराज शर्माको सञ्चालनमा कार्यक्रम अगाडि बढेको सो सम्मेलनमा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री चित्र बहादुर केसी, विशिष्ठ अतिथि वामपन्थी युवा नेता आनन्द शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव कुल बहादुर थापा, कोषाध्यक्ष मदन शर्मा, राजमो केन्द्रीय सदस्य मञ्जु परियार, राजमो प्रदेश नं २ का अध्यक्ष सेर बहादुर कार्की, मूल प्रवाह केन्द्रीय सदस्य चोब बहादुर शर्मा, जनकराज पौडेल, भगवती कुँवर, केशमान नेपाली र नरेश कुमार बिक तथा केन्द्रीय प्रतिनिधि चन्ता कन्त शर्माको अतिथि आसन ग्रहण पछि शहिदहरुको सम्झनामा एक मिनट मौनधारण र उपस्थित जनमानसलाई स्वागत रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले गीत तथा संगितद्वारा र दशरथ बहादुर विकले शब्दबाट स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार