दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न

  • दक्षिण भारत क्षेत्रीय समितिको अध्यक्षमा थापा, सचिवमा शर्मा
  • चेन्नई, २४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गर्नुभएको थियो ।

    केसमान नेपाली अध्यक्षता र जनकराज शर्माको सञ्चालनबाट अगाडि बढेको सो घोषणा सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा वामपन्थी युवा नेता आनन्द शर्मा, मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव केवी थापा, कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य भगवती कुँवर, चोबनाथ शर्मा, हरि प्रसाद शर्मा, नरेश बिक, राजमो केन्द्रीय सदस्य मञ्जु परियार, राजमो २ नम्बर प्रदेश अध्यक्ष सेर बहादुर कार्की, नेपाली एकता मञ्चबाट तारा कुँवर, प्रवासी संघ भारतबाट दुर्गादत्त शर्मा, नेपाली जनसम्पर्क समितिबाट धनबहादुर क्षेत्री लगायतको आतित्थ्यता रहेको रहेको थियो ।

    संगठनमा सकृयतापूर्वककाम गर्दागर्दै  दुःखद निधन भएका कार्यकर्ता बहादुर सिंह बिककि धर्मपत्नी कलावती र पदम प्रसाद कि धर्मपत्नी पुष्पा पौडेललाई प्रमुख अतिथि चित्र बहादुर केसीले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

    त्यस्तै रोजगारबाट अवकाश भइ स्वदेश जानुभएका क्षेत्रीय समितिका वरिष्ठ सदस्य रवि शंकर शर्मालाई मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले दोसल्ला ओढाएर सम्मान गरि बिदाई गर्नुभएको थियो ।

    सम्मेलनले चन्द्र बहादुर थापा (चेन्नई पूर्व)को अध्यक्षतामा ३१ पुर्ण १० वैकल्पिक र १० सल्लाहकार गरि ५१ सदस्यीय दक्षिण भारत क्षेत्रीय समिति चयन गरेको छ । उपाध्यक्षः दशरथ बिक (बैंगलोर दक्षिण), सचीवः जनकराज शर्मा (पाण्डेचेरी), सहसचीवमा धर्मराज शर्मा (कोट्टायम) र कोषाध्यक्षमा लोकेन्द्र पौडेल (चेन्नई दक्षिण) चयन हुनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा, काशीराम शर्मा (चेन्नई उत्तर), डिल्ली प्रसाद शर्मा (पाण्डीचेरी), गोपाल बिक (चेन्नई उत्तर), बुद्धिराम पौडेल (चेन्नई पश्चिम), विस्णु शर्मा(पाण्डीचरी), हेमबहादुर गन्धर्व (सिताम्बरम), भद्र बहादुर श्रीस (कोट्टयाम), रेशम थापा (कोयम्बातुर), देवीराम केसी (नेल्लोर), जुगराज राहु मगर (कोचिन), बिरेन्द्र थापा (निलगिरी), धरम पहरी (बैंगलोर उत्तर), चिरञ्जीवी शर्मा (तिरुवनन्तपुरम), भिमलाल शर्मा (इरोड), याम बहादुर केसी (करुर), लक्ष्मण चालिसे (चेन्नई पूर्व), खगराज शर्मा (चेन्नई दक्षिण), हरिप्रसाद शर्मा (चेन्नई पश्चिम), गोविन्द शर्मा (पाण्डीचेरी), ठाकुर प्रसाद केसी (नेल्लोर), मिना हमाल (निलगिरी), पार्वती बिक (बैंगलोर दक्षिण), धनकुमारी केसी (कोट्टयाम), ओमकान्त शर्मा (चेन्नई पूर्व), जीवन शर्मा (चेन्नई पूर्व) र तेजेन्द्र पुन (चेन्नई उत्तर) रहनुभएको छ ।

    त्यस्तै बैकल्पिक सदस्यहरुमा कोटीप्रसाद शर्मा (चेन्नई उत्तर), सुर्य प्रसाद भुसाल (चेन्नई पूर्व) किशोर शर्मा (चेन्नई पश्चिम), गोपाल शर्मा (कोयम्बातुर), नारायण शर्मा (सिताम्बरम), मनोज जिसी (कोट्टायम), चन्द्र प्रसाद पौडेल (भेल्लोर), टेकबहादुर बिक (निलगिरी), मेघनाथ शर्मा (भेल्लोर) र मान बहादुर बिक (बैंगलोर दक्षिण) रहनुभएको छ ।

    प्रथम बैठकले परमानन्द खडायत (बैंगलोर दक्षिण) ओमबहादुर दाहाल (बैंगलोर उत्तर), घनश्याम शर्मा (तिरुवनन्तपुरम), जनक बिसी (कोचिन), मिनबहादुर थापा (चेन्नई दक्षिण), नेत्रलाल शर्मा (चेन्नई पश्चिम), मोहराज शर्मा (सिताम्बरम), खगेश्वर सुनार (पाण्डीचेरी), बाबुराम केसी (कोचिन) र डिल बहादुर बस्याल (नेल्लोर) लाई सल्लाहकार चयन गरेको छ ।

    चन्द्रबहादुर थापा, जनकराज पौडेल, लोकेन्द्र पौडेल, कासीराम शर्मा र डिल्लीप्रसाद शर्मा रहनुभएको सचिवालय पनि गठन गरिएको छ । नवनिर्वाचित समितिको घोषणा मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नुभएको थियो ।

    नवनिर्वाचित समितिलाई प्रमुख अतिथि चित्र बहादुर केसी, मूल प्रवाहका महासचिव केबी थापा, राजमो केन्द्रीय सदस्य मञ्जु परियार, एकता मञ्चका तारा कुँवर, प्रवासी संघ भारतका दुर्गादत्त शर्मा, जनसम्पर्क समितिका धनबहादुर क्षेत्री र पुष्पा पौडेलले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

    फूटपरस्त तत्वहरुले कार्यक्रमलाई विथोल्ने उदेश्यले आम जनमानसलाई विभिन्न प्रकारका लालच दिएर सोही दिन कार्यक्रम आयोजना गरेका थिए । उनीहरुले संयुक्त एरिया सम्मेलनको नाममा आयोजना गरिएको उक्त कार्यक्रममा विर्यानी र खाना देखि ओसार पसारका लागि बसको समेत सञ्चालन गरेका थिए । तर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजप्रति सच्चा आस्थावान कार्यकर्ता र सुभचिन्तकहरु उक्त कार्यक्रममा सहभागि नए पछि उनीहरु अत्यन्तै हतोत्साही भएका थिए ।

    संगठनदेखि टाढा र आम सर्वसाधरणलाई मूल प्रवाहको लोगो देखाएर केही मानिसहरु जुटाए ता पनि उनीहरु सांगठनिक र राजनीतिक उदेश्यबाट तृस्कृत भैसकेको दक्षिण भारतको दशौं क्षेत्रीय सम्मेलनले सावित गरेको छ ।

    कार्यक्रमको बीच बीचमा रक्तिम साँस्कृतिक विभाग दक्षिण भारतका कलाकारले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    अराजक तथा महत्वकांक्षी तत्वहरुले मूल प्रवाहको छवि धुमिल पार्न खोजे पनि उनीहरुको त्यो कोशिस असफल भैसकेको छ : केसी

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार