फरीदावादमा नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न

#विष्णु विसी,

फरीदावाद, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने मूल नाराका साथ विरोध कार्यक्रम सम्पन्न भएको छ ।

नगर अध्यक्ष बाबुराम विष्टको अध्यक्षतामा बढेको सो कार्यक्रमको सञ्चालन नगर सदस्य सरिता बिसीले गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य रमेश चन्द्र क्षेत्री, केन्द्रीय परिषद्बाट विष्णु बिसी, क्षेत्रीय समितिका धर्म खनाल, महिला क्षेत्रिय विभागकी नमकला विष्ट, नगर समितिबाट मानसिंह विष्ट, महिला नगर विभागबाट शिव विष्ट, विद्यार्थी नगर विभागबाट रेखा विष्ट लगायतको आतिथ्यता रहेको थियो ।

ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पछि बढेको उक्त कार्यक्रममा रेखा विष्टले स्वागत गर्नु भएको थियो ।

वक्ताहरुले हालै संसदबाट पास गरिएको नागरिकता विधेयक नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको लागि अत्यन्तै घातक भएकोले भविष्यमा नेपाली राष्ट्रियता नै गुम्ने खतरा भएको बताउनु भयो । त्यस्तै सबै देशभक्त जनताहरू एकजुट भई राष्ट्रघाती नागरिकता विधेयक खारेजिको लागि आन्दोलनमा सहभागि हुनका लागि वक्ताहरुले आव्हान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार