नागरिकता विधेयक विरुद्ध हिमाञ्चलमा कार्यक्रम सम्पन्न

#खिमराज चालिसे,

सोलन । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका साथ सञ्चालन गरेको संशोधित नागरिकता विधेयक विरुद्धको विरोध कार्यक्रम हिमाञ्चल राज्यको सोलनमा पनि सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एवं राज्य समितिका अध्यक्ष सोवाखर पंथले राष्ट्रघाती नागरिकता विधेयकको विषयमा व्यापक चर्चा गर्नुभएको थियो । राज्य समितिका सचिव भुवन केसीले पनि महत्वपूणर् विचार राख्नु भएको थियो ।

कार्यक्रम मन बहादुर महरको अध्यक्षतामा तथा ठाकुर पन्तको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत राम बहादुर बुढाले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार